सनराइज क्यापिटल र समाज डेन्टल हस्पिटलबीच विशेष सहुलियत प्रदान गर्ने सम्झौता

काठमाडौं । सनराइज क्यापिटल र काठमाडौंको नयाँबानेश्वरस्थित समाज डेन्टल हस्पिटलबीच विशेष सहुलियत प्रदान गर्ने सम्झौता भएको छ।

सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ तथा समाज डेन्टल हस्पिटलका म्यानेजिङ डाइरेक्टर शंखु घिमिरेबीच आज (असार १५ गते) द्विपक्षीय सम्झौता भएको हो। यो सम्झौताबमोजिम एक-अर्काले आफ्ना ग्राहकलाई प्रदान गर्दै आइरहेका सेवाहरुमा विशेष सहुलियत दिने योजना समावेश छन्।

सन्राइज क्यापिटल लि.ले समाज समाज डेण्टल हस्पिटलका कर्मचारी ग्राहकहरुलार्ई प्रदान गरिने सहुलियतहरु:
– निःशुल्क डिम्याट खाता खोल्ने सुविधा ।
– डिम्याट खोलिएको एक आ.व.को डिम्याट शुल्कमा छुट ।
– पोर्टफोलियो सेवामा इन्ट्रि लोड शुल्कमा ५०% तथा पर्फरमेन्स शुल्मा २०% छुट ।
– निः शुल्क पोर्टफोलियो परामर्श सेवा
– निः शुल्क वित्तीय तथा संस्थागत परामर्श सेवा
– आवश्यक परेको अवस्थामा वित्तिय साक्षरता कार्यक्रमको व्यवस्था गरिने ।

समाज डेण्टल हस्पिटलले सन्राइज क्यापिटल लि.का कर्मचारी ग्राहकहरुलाई प्रदाद गरिने सहुलियतहरु :
– निःशुल्क विशेषज्ञ परामर्श ।
– दाँत तथा मुखको परिक्षण जस्ता सेवामा समाज डेण्टलको प्रकाशित निश्चित सेवा शुल्कमा १५% छुट ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स