बेसरेटमा ०.५ प्रतिशत ब्याज थपेर किसानलाई ऋण दिँदै एनएमबि बैंक

काठमाडौं । एनएमबि बैंक र खेती एपबीच सम्झौता भएको छ । बैंकले शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच किसानहरुको लागि डिजिटल कर्जा उपलब्ध गराउने उदेश्यका साथ खेती एपसँग सम्झौता गरेको हो ।

कार्यक्रममा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बेसरेटमा ०.५ प्रतिशत ब्याज थपेर बिना धितो किसानलाई ऋण् दिन लागेको बताएका छन् । ‘एनएमबि बैंक फरक किसिमको बैंक भएको बताउँदै यस्ता नयाँ र इनोभेटिभ काम गर्दै आएको छ,’ उनले भने ‘हामीले अहिले ल्याएको नयाँ प्रडक्टबाट किसानले १० हजारदेखि २ लाखसम्म डिजिटल माध्यमबाट कर्जा पाउने छन् । यो एउटा किसान, बैंक र व्यवसायीलाईइ जोड्ने गतिलो माध्यम बनेको छ ।’

यो एउटा किसान, बैंक र व्यवसायीलाईइ जोड्ने गतिलो माध्यम बनेको छ ।’ हरेक वर्ष नेपालमा ५ सय अर्बको कृषि बिउबिजन तथा मल आउने गरेको बताउँदै उनले थपे ‘राष्ट्र बैंकले प्रवद्र्धन गरे अन्य बैंकले पनि यस्ता प्रडक्टमा लगानी गर्ने बताए । अहिले हामीले यो सेवा बागमती र गण्डकी प्रदेशबाट सुरु गरेपनि निकट भविष्यमा देशभर पुर्याउने उनको भनाइ छ ।

नेपाल बैंकिङ इतिहासमै यो नौलो प्रडक्ट भएको भन्दै बैंकले ऐतिहासिक काम गरेको पनि उलले बताए । यो प्रडक्टमा इन्स्योरेन्ससम्म जोड्न पाएको भए अझ राम्रो हुन्थ्यो उनले भने ।

बैंकले आज असार १५ गते धान दिवसको अवसर पारेर एनएमबि खेती कर्जा अन्तर्गत किसानलाई कर्जा दिने भएको हो । जसमा बैंकले बिना कागज, बिना धितो किसानलाई कर्जा उपलब्ध गराउने छ ।

बैंकले खेतीपातिमा संलग्न रहेका नेपाली किसानलाई कर्जा उपलब्ध गराउने उदेश्यले नयाँ कार्यक्रम ल्याएको छ । बैंकले सार्वजनिक गरेको सो कर्जाले आम नेपाली कृषकहरुलाई उत्पादन र व्यवसायिक खेती गर्न सहयोग पुग्ने विश्वास लिएको छ ।

बैंकले यो योजना अन्तर्गत बिना धितो डिजिटल कर्जा दिने छ । किसानले अधिकतम सीमा २४ महिनाको लागि १० हजारदेखि २ लाख रुपैयाँसम्म कर्जा पाउने छन् । यो कर्जा लिनको लागि किसानको खाता एनएमबी बैंक र खेती दुवैमा हुनुपर्ने बैंकले जनाएको छ ।

बैंकका अनुसार बैंकले कृषि सामाग्री खरीद गर्न कर्जा दिने भएकाले कर्जा रकम किसानको खातामा प्रत्यक्ष जान्छ । बैंकले किसानको योग्यता र क्षमताको आधारमा कर्जा प्रवाह गर्ने छ । त्यस्तै, अहिले बागमती र गण्डकी प्रदेशका किसानलाई मात्रै कर्जा उपलब्ध गराइने छ भने निकट भविष्यमा सातै प्रदेशमा पुर्याइने बैंकले बताएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै खेती एपका सिइओ तुलसी गिरीले अवको पाइला कृषिलाई डिजिटलाईजेशन गरी उत्पादनमुखी बनाई अगाडी बढाउन चाल्नुपर्ने बताए । साथै, उनले आफ्नो कृषि एपले १०औं बर्षदेखि किसानको दुःखमा साथै दिदै आएको बताएका छन् । खेती एप सबैखाले कृषकहरुको भरपर्दो डिजिटल साथी रहेको खेती एपले जनाएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स