चिनियाँ अर्बपति ज्याक नेपालमा

काठमाडौं । चिनियाँ व्यवसायी तथा अलिबाबा समूहका संस्थापक एवं कार्यकारी अध्यक्ष ज्याक मा नेपाल आएका छन् । मंगलबार दिउँसो बोइङ ७३७ म्याक्स प्राइभेट जेट विमानमार्फत चिनियाँ अर्बपति ज्याक मा नेपाल आएका हुन् ।

ज्याक मा बंगलादेशको राजधानी ढाकाबाट काठमाडौं आएका हुन् । उनी चढेको विमान दिउँसो १ः३९ बजे त्रिभुवन विमानस्थलमा अवतरण भएको थियो । ज्याक बिहीबार पाकिस्तान जाने बुझिएको छ ।

नेपालमा तीन दिन रहँदा उनी चितवनको मेघौली पनि पुग्नेछन् । एक महिलासहित ७ जनाको समूहमा आएका उनीहरू काठमाडौंमा रहँदा होटल द्वारिकाजमा बस्नेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स