प्रभु क्यापिटलको दशैं अफरः १ रुपैयाँमा डिम्याट खाता तथा सेयर बजार सम्बन्धी निःशुल्क तालिम

काठमाडौं । दशैं तिहार र छठ पर्वको अवसरमा प्रभु क्यापिटलले डबल अफर धमाका नामक विशेष अफर योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत १ रुपैयाँमा डिम्याट खाता खोल्न सकिनेछ भने सेयर बजार सम्बन्धी निःशुल्क तालिम पनि प्राप्त गर्न सकिने छ ।

प्रभु क्यापिटलमा दैनिक डिम्याट खाता खोल्नेमध्ये १० जना भाग्यमानी ग्राहकहरुलाई छनौट गरिनेछ । यसरी छनौट भएका ग्राहकहरुलाई खाता खोलीसके पछि १ सय ९९ रुपैयाँमा २५ प्रतिशत टिडिएस कट्टी गरी बाँकी रकम ग्राहकको वालेटमा फिर्ता गरिनेछ ।

त्यसैगरी, दैनिक छनौट भएका १० जना भाग्यमानी ग्राहकहरुलाई हामीले प्रत्येक साता शनिबारको दिन पारेर साताभरीबाट छनौट भएको ७० जना ग्राहकहरुलाई सेयर बजारसम्बन्धी आधारभुत तालिम प्रदान गरिनेछ । यस्तो तालिम २ घण्टा देखि ३ घण्टाको हुनेछ ।

यो योजनामा नयाँ डिम्याट खाता खोल्न चाहने ग्राहकले भौतिक फारम भरेर तथा प्रभु क्यापिटलको वेवसाइटबाट अनलाइनमाध्यमबाट डिम्याट खाताको लागि आवेदन दिनुपर्नेछ । रकम फिर्ता लिनको लागि ग्राहकले इसेवा, प्रभु पे, आइएमई पे लगायत स्वीकृत प्राप्त कुनै पनि वालेट प्रदान गर्नुपर्नेछ ।

यो योजनाको अवधि असोज १८ गते देखि कार्तिक २५ गते सम्म हुनेछ । यो योजनाको अन्त्यमा योजना अवधिभरी खुलेका सबै डिम्याटहरु मध्येबाट भाग्यमानी २० जनालाई प्रभु क्यापिटलले प्रदान गर्ने पिएमएसको कुनै पनि योजनामा वार्षिक शुल्क निःशुल्क रहनेछ ।

दैनिक विजेताहरुको सूची १ दिन पछि प्रभु क्यापिटलको फेसबुक पेज तथा भाइबर कम्युनिटीमार्फत् सार्वजनिक गरिनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स