राष्ट्र बैंकले अपडेट गर्यो गलत तथ्यांक, अल्मिलिए बैंकर तथा सर्वसाधारण

काठमाडौं । नेपाल राष्ट्र बैंकको आफ्नो वेवसाइटमा गर्ने सूचकांकको अपडेटमा गलत गर्दा बैकर्सदेखि आमसर्वसाधारणसम्म अल्मिलिएका छन् । गत शनिबार राष्ट्र बैंकले फाइनान्सियल इण्डिकेटस्हरूको अपडेट गर्दा अन्तर बैंक कारोबारको रेट शुन्य देखाइएको छ । यद्यपि सो शून्य रेट देखिनु भनेको बैंकर्सदेखि सर्वसाधारणको बुझाइमा अन्तर बैंक कारोबार नभएको भन्ने हो ।

तर, राष्ट्र बैंकले सो सूचना अपडेट गर्दा शनिबार परेको र शनिबार कुनै कारोबार नहुने कुरामा ख्याल नगर्दा सो गलत तथ्यांक सार्वजनिक भएको हो । राष्ट्र बैंकका सह प्रवक्ता नारायण प्रसाद पोखरेलले शनिबार कारोबार नहुने दिन सो सूचकांक अपडेट हुँदा .शुन्य रेट देखिएको बताए ।

‘शनिबार बैंकहरूले कुनै कारोबार गर्दैनन्, यो कुरा सबैलाई थाहा नै भएको हो,’ उनले भने ‘सोही कारण रेट अन्तर बैंक कारोबारको रेट शून्य देखिएको हो । तर, अहिले अन्तर बैंक कारोबार रेट भने २.६५ प्रतिशत नै रहेको छ । सही शुक्रबार अपडेट गरेकै तथ्यांक हो ।’ अहिले वाणिज्य बैंकहरूसँग करिब २० अर्ब अधिक तरलता रहेको छ ।’

त्यसो त अहिले बैंक तथा वित्तीय संस्थासँग प्रर्याप्त तरलता पनि छ । यसको कारणले अन्तर बैंक कारोबार कम हुँदा रेट पनि तल आउँछ । तर, शून्यमै झरिसकेको अवस्था भने नभएको राष्ट्र बैंकले पुष्टि गरेको छ ।

बैंकहरुले लगानी योग्य पुँजीको अभाव भएपछि एक बैंकले अर्को बैंकसँग सापटी लिएर गर्जो टार्ने गर्छन् । तर, प्रयाप्त रकम भएपछि यो प्रक्रिया रोक्छन् । अहिले बैंकहरुसँग प्रयाप्त मात्रामा पैसा भएपछि अन्तर बैंक कारोबार रोकेका हुन् । अन्तर बैंक कारोबार बढेपछि ब्याजदर पनि लगातार बढ्छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार हाल बैंकहरुसँग कुल ५५ खर्ब ७० अर्ब रुपैयाँ निक्षेप छ भने कुल ४८ खर्ब ५७ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । बैंकहरुको सीडी रेसियो पनि सहज अवस्थामा देखिएको छ । हाल बैंकहरुको औसत सीडी रेसियो ८४.०१ प्रतिशत कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स