बैंक तथा वित्त संस्थाका कर्मचारीमाथिको निन्दनीय कार्य नरोकिए यसका विरुद्धमा सशक्त रुपमा उत्रने बैंकर्स संघको चेतावनी

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूको छाता संस्थाले आफ्ना कर्मचारीको सुरक्षाका लागि गम्भीर बन्न सरकारलाई फेरि अपिल गरेका छन् ।

कोशी प्रदेशका सुनसरीको इटहरी र झापाको बिर्तामोडका केही बैंक वित्तीय संस्था एवम् लघुवित्त संस्थाका शाखामा केही व्यक्तिले ग्राहकलाई बैंकिङ सेवा लिनबाट वञ्चित गरेको अर्थात अवरोध गरको, कर्मचारीलाई धम्क्याउने निन्दनीय कार्य गरेको घोर निन्दा गर्दै छाता संस्थाहरूले त्यस्ता गतिविधि हुन नदिन राज्यसँग अपिल गरेको हो ।

आज पूर्वी नेपालको इटहरी, सुनसरी तथा विर्तामोड, झापा स्थित केही बैंक, वित्तीय तथा लघुवित्त संस्थाहरुको शाखामा केही व्यक्तिहरुले शाखा संचालनमा अवरोध गरेको, कर्मचारीहरुलाई धम्क्याएको र ग्राहकहरुलाई अत्यावश्यक बैंकिङ सेवा लिनबाट बञ्चित गरेकोमा हामी घोर निन्दा गर्दछौं, बैंकर्स संघद्वारा जारी प्रेस विज्ञप्तीमा भनिएको छ– ‘यस विषयमा सुरक्षा निकायले यथाशिघ्र आवश्यक कदम लिई शाखा संचालन गर्न तथा कर्मचारी÷ग्राहकको सुरक्षाका लागी माग गर्दछौं ।’

ऋण लिए पछि तिर्नु पर्छ भन्ने सामान्य सिद्धान्त हामी सबैले बुझ्न पर्ने र ऋण नतिर्ने बहानामा यस प्रकारका अराजक गतिविधि गर्नेहरुलाई तुरुन्तै कारवाहीको दायरामा ल्याई शान्ति÷सुरक्षा कायम गरी अत्यावश्यक सेवा बैंक, वित्तीय तथा लघुवित्त संस्थाहरुको संचालन तथा कर्मचारीहरुलाई आवश्यक सुरक्षा प्रदान गरिदिनुु हुन सरोकारवाला सबै निकायहरुसंग अनुरोध गर्दछौं ।

अर्थतन्त्रको प्रमुख स्तम्भको रुपमा स्थापित बैंक, वित्तीय तथा लघुवित्त संस्थाहरुले मुलुकको विकास, आम सर्वसाधारणलाई प्रदान गर्ने सेवा–सुबिधाहरु, आर्थिक बृद्धिमा खेलेको भूमिका, रोजगारी सृजना लगायत प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा दिएको योगदानको बारेमा हामी सबै जानकार नै छौं ।

भूकम्प पछिको समय होस वा कोभिडको महामारी, कुनै पनि विषम परिस्थितीमा समेत आफ्नो ज्यानको पर्वाह नगरी बैंक, वित्तीय तथा लघुवित्त क्षेत्रका कर्मचारीहरु अहोरात्र आफ्ना ग्राहकहरुलाई सेवा पु¥याउन खटिएको व्यहोरा स्मरण गराउन चाहन्छौं ।

मुलुकले समेत अत्यावश्यक सेवाको रुपमा पहिचान गरेको बैंकिङ क्षेत्र निर्वाध रुपमा संचालन गर्न र सेवा पु¥याउन कुनै पनि तत्वहरुले बाधा पु¥याएको खण्डमा सो गैर–कानूनी हुने सर्व विदितै छ । ग्राहकहरुले सेवा लिन आउँदा कुनै पनि अबरोध गरिएमा वा शाखा संचालनमा कुनै बाधा पुर्याइएको खण्डमा सो उपर सुरक्षा निकायले आवश्यक कदम लिनेछ भन्नेमा हामी विश्वस्त छौं ।

साथै, आगामी दिनमा यस प्रकारका कुनै पनि गतिविधिहरु भएको खण्डमा यसका विरुद्ध हामी सशक्त रुपमा प्रस्तुत हुने हुने प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स