काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंकको सञ्चालक समितिको असोज १७ गते (आइतबार) बसेको बैठकले १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
जसमध्ये बैंकले ११.२४ प्रतिशत बोनस सेयर र बोनस सेयर तथा नगद लाभांशको कर प्रयोजनको लागि समेत गरी ४.७६ प्रतिशत नगद लाभांश वितरण गर्नेछ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीहरुमा वितरण गरिनेछ ।