बैंकहरूको गैर बैकिङ सम्पत्ति १ महिनामा पौने ९ अर्बले बढेर १५ अर्ब ७७ करोड पुग्यो (कसको कति ?)

काठमाडौं । बैंकहरूको गैर बैकिङ सम्पत्ति बढेर १५ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ । गत चैतसम्म बैंकहरूको यस्तो गैर बैकिङ सम्पत्ति १५ अर्ब ५९ करोड रुपैयाँ थियो । वैशाखमा सो सम्पत्ति बढेर १५ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ । गत आव को अन्त्यसम्म बैंक तथा वित्तीय संस्थाको गैर बैंकिङ सम्पत्ति १० अर्ब ५२ करोड रुपैयाँ थियो ।

बैंकहरूको गैर बैंकिङ सम्पत्तिमध्ये १३ अर्ब १९ करोड रुपैयाँ वाणिज्य बैंकहरूको हो भने विकास बैंकको गैर बैंकिङ सम्पत्ति १ अर्ब ७९ करोड रुपैयाँ रहेको छ । त्यस्तै फाइनान्स कम्पनीको ७९ करोड रुपैयाँ रहेको छ ।

चालु आवको वैशाखसम्म सबैभन्दा गैर बैकिङ सम्पत्ति भएको बैंकमा एनआईसी एशिया बैंक परेको छ । बैंकको यस्तो सम्पत्ति ३ अर्ब ३१ करोड २२ लाख ९० हजार रुपैयाँ रहेको छ । गत आवको वैशाख महिनासम्म बैंकको गैर बैकिङ सम्पत्ति ९३ करोड ८५ लाख ७० हजार रुपैयाँ रहेको थियो ।

गैर बैकिङ सम्पत्ति बढी हुने दोस्रो बैंकको सूचीमा नबिल बैंक परेको छ । बैंकको अर्ब ३३ करोड ७५ लाख ५० हजार रुपैयाँ बराबरको गैर बैंकिङ सम्पत्ति रहेको छ । गत आवको सोही अवधिको बैंकको यस्तो सम्पत्ति जम्मा २ करोड २६ लाख ८० हजार रुपैयाँ मात्रै थियो ।

गैर बैंकिङ सम्पत्ति बढी हुनेको तेस्रो सूचीमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक परेको छ । बैंक १ अर्ब ११ करोड ८४ लाख ६० हजार रुपैयाँ गैर बैंकिङ सम्पत्ति रहेको छ । गत आवसम्म बैंकको यस्तो सम्पत्ति ९२ करोड ४१ लाख रुपैयाँमात्रै थियो ।

अर्बभन्दा माथि गैर बैंकिङ सम्पत्ति रहेको बैंकको चौथो नम्बरमा १ अर्ब ९ करोड ८७ लाख रुपैयाँ गैर बैकिङ सम्पत्ति रहेको छ । गत आवसम्म बैंकको यस्तो सम्पत्ति २१ करोड ३५ लाख ७० हजार रुपैयाँ थियो । अन्य बैंकको यस्तो सम्पत्ति भने अर्बभन्दा कम रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स