बैशाखमा रियल स्टेट र हायर पर्चेजको लोन बढ्दा मार्जिन ल्याण्डिङको घट्यो

काठमाडौं । चालु आवको चैतको तुलनामा वैशाख महिनामा बैंक तथा वित्तीय संस्थाहरूले रियल स्टेट तथा हायर पर्चेज लोन बढाएका छन् सेयर धितोमा दिने कर्जा मार्जिन ल्याण्डिङ कर्जा भने बढाएका छन् । नेपाल राष्ट्र बैंकले चालु आवको चैत महिनासम्म रियल स्टेट कर्जामा २ खर्ब ४२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । चैतसम्म २ खर्ब ३९ अर्बमात्रै थियो । वैशाख महिनामामात्रै बैंक तथा वित्तीय संस्थाहरूले सो शीर्षकमा ३ अर्ब रुपैयाँ कर्जा लगानी बढाएका छन् । चालु आर्थिक वर्षमा भने बैंक तथा वित्तीय संस्थाहरूले १४ अर्ब २७ करोड रुपैयाँ रियल स्टेट क्षेत्रमा लागनी गरेका छन् ।

हायर पर्चेज लोनमा पनि पछिल्लो समय केहि सुधार भएको छ । गत चैतसम्म १ खर्ब ३४ अर्ब २१ करोड रुपैयाँ रहेको बैंक तथा वित्तीय संस्थाहरूको यस्तो लोन वैशाख महिनामा ३ अर्ब ९३ करोड रुपैयाँले बढेर १ खर्ब ३८ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । वैशाख महिनामा हायर पर्चेज लोन बढेपछि चालु आवको साउनदेखि बैशाखसम्म भने यस्तो प्रकृतिको कर्जा १९ अर्ब रुपैयाँले बढेको छ ।

मार्जिन कल भने यो अवधिमा पनि घटेको नै छ । गत आर्थिक वर्षको अन्त्यमा ८० अर्ब ५० करोड रुपैयाँ रहेको मार्जिन ल्याण्डिङ कर्जा वैशाखसम्म आइपुग्दा ५ अर्ब ५७ करोड रुपैयाँले घटेर ७४ अर्ब ९३ करोड रुपैयाँमा सीमित भएको छ । केहि दिन अघिसम्म सेयर बजार वेयरिस ट्रेण्डमा रहेका बेला बैंक तथा वित्तीय संस्थाले धितोमा राखेको कर्जा भटाभट बैंकले बिक्री गरिदिएको थियो ।

सो कारणले पनि मार्जिन ल्याडिङ कर्जा भने बढ्न घटेको हो । लागनीकर्ताले बैंक तथा वित्तीय संस्थामा धितो राखेको कर्जा बजार घट्ने बित्तीकै बिक्री गरेर आफ्नो सावाँ ब्याज कटाएर बाँकी रहेको रकम ऋणीको खातामा राखिदिने गरेको छ । सो कारणले पनि सेयर धितो कर्जा भने नबढेको हो । .

समीक्षा अवधिमा वाणिज्य बैंकहरूको कर्जा प्रवाहको प्रकृति हेर्दा समग्रमा जस्तो देखिएको थियो, त्यस्तै देखिएको छ । वाणिज्य बैंकहरूले प्रवाह गरेको कर्जामा पनि रियल स्टेट कर्जा र हायर पर्चेज कर्जा बढेको देखिएको छ भने मार्जिन ल्याण्डिङ कर्जा बढेको देखिएको छ ।

बैंक तथा वित्तीय संस्थाले यो अवधिसम्म रियल स्टेट षेत्रमा प्रवाह गरेका कर्जामध्ये २ खर्ब ११ अर्ब २५ करोड वाणिज्य बैंकहरूले प्रवाह गरेको कर्जा हो भने अन्य कर्जा विकास बैंक र फाइनान्स कमपनीहरूको हो । वाणिज्य बैंकहरूले हायर पर्चेजमा १ खर्ब १६ अर्ब १८ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् भने मार्जिन ल्याण्डिङ कर्जामा ५७ अर्ब १८ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

समीक्षा अवधिमा विकास बैंकहरूले पनि रियल स्टेटमा कर्जा प्रवाह बढाएका छन् भने अन्य दुबै शीर्षकका यी बैंकहरूको कर्जा घटेको छ । ‘ख’ वर्गका यी बैंकहरूले चालु आवको चैत महिनाको तुलनामा बैशाखमा केहि क्षेत्रमा कर्जा प्रवाह बढाएका छन् भने केहिमा घटेको छ । चैत महिनामा विकास बैंकहरूले रियल स्टेट क्षेत्रमा २० अर्ब ७० करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए भने बैशाख महिनामा सो कर्जा बढेर २१ अर्ब २० करोड रुपैयाँ पुगेको छ । १ महिना विकास बैंकले यो क्षेत्रमा ५० करोड रुपैयाँले कर्जा बढाएका हुन् ।

यी बैंकहरूले हायर पर्चेजमा पनि कर्जा घटाएका छ । चैत महिनासम्म १८ अर्ब ५८ करोड रुपैयाँ रहेको यस्तो कर्जा बैशाख महिनामा आएर १८ अर्ब ३० करोड रुपैयाँम खुम्चिएको छ भने मार्जिन ल्याण्डिङ कर्जा १३ अर्ब २३ करोडबाट बढेर १३ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । वाणिज्य बैंकहरूले सेयर धितो कर्जा घटाएपनि विकास बैंकहरूले भने बढाएका छन् ।

त्यसरी नै फाइनान्स कम्पनीहरूले पनि रियल स्टेट क्षेत्रमा न्यून कर्जा बढाएका छन् भने मार्जिन ल्याण्डिङ र हायर पर्चेज कर्जा घटेको छ । चैत महिनासम्म ३ अर्ब ७६ करोड रुपैयाँ रहेको मार्जिन ल्ािण्डिङ कर्जा बैशाख महिनामा घटेर ३ खर्ब ७३ अर्बमा सीमित भएको छ भने हायर पर्चेज कर्जा साढे २ प्रतिशतले घटेर ३ अर्ब ६५ करोड रुपैयाँमा सीमित भएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स