अब ईसेवाको रकम एभरेष्ट बैंकको एटीएमबाट झिक्न मिल्ने

नेपालमा नयाँ र इनोभेटिभ पहिलो प्रडक्ट

काठमाडौं । अब डिजिटल वालेट ईसेवामा रहेको रकम एभरेष्ट बैंकबाट झिक्न मिल्ने भएको छ । नेपालमै पहिलो पटक एभरेष्ट बैंकको एटीएम मेसिनबाट ईसेवा कनेक्ट गरी रकम झिक्न मिल्ने भएको हो ।

ईसेवाले प्रयोगकर्ताहरूका लागि बेला बेलामा यस्तै नयाँ इनोभेटिभ प्रडक्ट ल्याउने गरेको ईसेवाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जगदिश खड्काले बताए । ईसेवाले नेपालमै पहिलो पटकसेवा प्रयोगकर्ताहरुका लागि अदभूत प्रडक्ट ल्याएको हुँदा कारोबार गर्न सहज हुने उनको भनाइ छ ।

प्रडक्ट लन्च कार्यक्रममा एभरेष्ट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) विजय शर्माले वाणिज्य बैंकले वालेट कम्पनीहरुसँग पनि सहकार्य गरेर आफ्नो सेवालाई विस्तार गरिरहेको बताए । ‘सहज रुपमा सबै ईसेवा प्रयोगकर्ताहरुले बैंकको एटिएम मेसिनबाट रकम झिक्न सक्ने सक्छन्,’ उनले भने ‘इसेवाको सुरु गरेको यो सेवा नेपालमा पहिलो भएकोले यसलाई विस्तार गर्दै लैजानु पर्छ ।’

ईसेवा प्रयोगकर्ताले बैंकको एटिएम मेशिनमा कनेक्ट गरी रकम झिक्नका लागि बुधबार ईसेवाका सीईओ खड्का र एभरेष्ट बैंकका डीसीईओ शर्माले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स