कुमारी बैंकले २० मेगावाट क्षमताको तल्लो बलेफी खोला जलविद्युत आयोजनामा लगानी गर्ने

काठमाडौं । कुमारी बैंकले साझा पावर डेभलपमेन्ट प्रालिले निर्माण गर्ने २० मेगावाट क्षमताको तल्लो बलेफी खोला जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ।

कुमारी बैंक र साझा पावरबीच मंगलबार वित्तीय व्यवस्था (फाइनान्सियल क्लोजर) सम्पन्न भएको हो। साझा पावरका तर्फबाट कम्पनीका अध्यक्ष सञ्जीव न्यौपाने र प्रबन्ध निर्देशक कुबेरमणि नेपाल तथा बैंकका तर्फबाट परियोजना वित्त पोषण प्रमुख भूषण तण्डुकारले फाइनान्सियल क्लोजरमा हस्ताक्षर गरेका छन्।

सिन्धुपाल्चोकको बलेफी नदीमा निर्माण हुने २० मेगावाट क्षमताको बलेफी तल्लो खोला जलविद्युत आयोजनामा रिडी पावर कम्पनीको मुख्य लगानी रहेको छ। यो कम्पनीको निर्माण सुरु भएको मितिबाट २ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको साझा पावरका प्रबन्ध निर्देशक नेपालले बताए।

बलेफी तल्लो खोला जलविद्युत आयोजनामा ४४० करोड रुपैयाँ लगानीमा रहेको छ। जसमा ७५ प्रतिशत कुमारी बैंकले लगानी गर्नेछ। बाँकी २५ प्रतिशत रकम रिडी पावरले हकप्रद जारीबाट उठेको रकम लगानी गर्नेछ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स