काठमाडौ । आज बुधबार अमेरिकी डलरको मूल्य केहि बढेको छ । हिजो सोमबारको तुलनामा केहि बढाएर राष्ट्र बैंकले विनिमय दर तोकेको हो । आज बुधबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य १३१.१० रुपैयाँ खरिद मूल्य र १३१.७० रुपैयाँ बिक्री मूल्य तोेकेको थियो ।
राष्ट्र बैंककाअनुसार आज आफूसँग भएको डलर बिक्री गर्न चाहने ग्राहकहरूले १ अमेरिकी डलर बराबर १३१.१० रुपैयाँ पाउनु हुनेछ भने १ अमेरिकी डलर खरिद गर्न चाहने ग्राहकले १३१.७० रुपैयाँ खर्चनुपर्ने हुन्छ ।
तपाईलाई १ अमेरिकी डलर चाहिएको छ भने १३१.७० रुपैयाँ खर्चेमा राष्ट्र बैंकले १ डलर दिनेछ भने तपाईसँग भएको डलर बिक्री गर्न चाहेमा तपाईले १३१.१० रुपैयाँ पाउने राष्ट्र बैंकले जनाएको छ ।