सिटिजन्स बैंकको बैकिंङ सेवाहरु मोबाइल फोन वा वेब ब्राउजरको माध्यमबाट समेत प्रयोग गर्न मिल्ने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले ओम्नी च्यानलमा आधारित डिजिटल बैकिंङ सेवाको शुरुवात गरेको छ । बैंकले बैकिंङ सेवाहरु मोबाइल फोन वा वेब ब्राउजरका माध्यमबाट समेत प्रयोग गर्न मिल्ने गरी यो सेवाको शुरुवात गरेको हो ।

हालको मोबाइल बैकिंङ एपलाई स्तरोन्नती गर्दै बैंकले सिटिजन्स बैकमा खाता भएका एवं नभएका ग्राहकहरुलाई समेत लक्षित गर्दै बिना चेक इ क्यास पठाउने, रकम जम्मा गर्न अघि ई–भौचर प्रयोग गर्ने, बैंकमा अपोइन्टमेन्ट लिने लगायतका सुबिधा थप गरेको छ ।

यसका साथै ग्राहकहरुले मुद्दति खाता खोल्ने, रेमिटेन्स पठाउने, खाताको बिवरण हेर्ने, रकमान्तर गर्ने, अनलाइन भुक्तानी गर्ने, क्यूआर कोडमार्फत् भुक्तानी गर्ने लगायतका उपयोगी सेवा प्राप्त गर्न सक्नेछन् । यस स्तरोन्नत्ती संगै अब बैंकका ग्राहकहरुले बैंकमा नगई मोबाईल वा कम्प्यूटरका माध्यमबाट घरमै बसिबसि विभिन्न बैकिंङ सेवाहरु सहज रुपमा प्राप्त गर्न सक्ने विश्वास बैंकले लिएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स