हिमालयन बैंकका ग्राहकलाई जंगल भिल्ला रिसोर्टमा छुट

काठमाडौं । हिमालयन बैंक लिमिटेड र जंगल भिल्ला रिसोर्ट प्रा. लि. बीच बैंकका ग्राहकलाई जंगल भिल्ला रिसोर्टमा छुट प्रदान गर्ने सम्झौता भएको छ ।

बैंक र जंगल भिल्ला रिसोर्ट बीच भएको सम्झौता अनुसार पटिहानी-२२, भरतपुर, चितवनमा अवस्थित सो रिसोर्टले प्रदान गर्ने विभिन्न सेवाहरुमा हिमालयन बैंक लिमिटेडका कार्डबाहक तथा ग्राहकवर्गहरुलाई १० देखि १५ प्रतिशत सम्मको छुट प्रदान गर्नेछ ।

हिमालयन बैंकका कार्डबाहक तथा ग्राहकवर्गहरुले उक्त छुट प्राप्त गर्न बैंकको ग्राहकले बैंकको कुनै पनि डेबिट, क्रेडिट वा प्रीपेड कार्ड देखाउन सक्नेछन् र छुटको लाभ उठाउन सक्नेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स