१० महिनामा बैंक तथा वित्तीय संस्थाले कमाए साढे ६२ अर्बभन्दा बढी, वाणिज्य बैंकको घट्दा विकास बैंकको नाफा बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्म बैंक तथा वित्तीय संस्थाले ६२ अर्ब ६० करोड रुपैयाँ कमाएका छन् । गत आवको सोही अवधिमा बैंकहरूले ६५ अर्ब ११ करोड रुपैयाँ नाफा कमाएका थिए । बैंक तथा वित्तीय संस्थाले चालु आवको १० महिनामा गरेको कमाइ गत आवको सोही अवधिको तुलनामा ३.८४ प्रतिशत साढे २ अर्बले कम हो । बैक तथा वित्तीय संस्थाको चैत महिनासम्म ५३ अर्ब ४६ करोड रुपैयाँ थियो ।

बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा बढ्दै जाँदा बैंकहरूले इम्पेरिमेन्ट चार्ज वापत ठूलो रकम छुट्याउनु परेको र गत आवको तुलनामा यस आवमा बैंकहरू बिजेशन पनि राम्रो हुन नसकेकोले यसको असर नाफामा परेको हो । चालु आव लागेदेखि लगानी योग्य रकम कम हुँदा पहिला बैंकहरूले लगानी गर्न पाएनन् ।

तरलता अभावसँगै बैंकको ब्याज बढेपछि पछिल्लो समय उद्यमी व्यवसायीले बैंकहरूबाट ऋण लिनै छाडेका छन् । बिजनेश घटेपछि बैंकको नाफा त घट्ने नै हो । बढ्नलाई बिजनेश हुुनुपर्छ । बैंकहरूले एकातिर लागनी गर्न सकेका छैनन् भने अर्कोतिर पहिला भएको लगानीको साँवा र ब्याज समेत उठाउन नसक्दा बैंकहरू मन्दीको चपेटामा परेका छन् । सोही कारण बैंक तथा वित्तीय संस्थाको नाफा घटेको हो ।

बैंक तथा वित्तीय संस्थाले गरेको सो नाफामध्ये ५७ अर्ब १६ करोड वाणिज्य बैंकहरूले गरेको नाफा हो भने ४ अर्ब २९ करोड विकास बैंकको र १ अर्ब १४ करोड फाइनान्स कम्पनीले यस अवधिमा गरेको नाफा हो ।

समीक्षा अवधिमा वाणिज्य बैंक र फाइनान्स कम्पनीको नाफा घटेको छ भने विकास बैंकको नाफा भने बढेको छ । गत आवको वैशाखसम्म वाणिज्य बैंकहरूले मात्रै ५८ अर्ब ३३ करोड रुपैयाँ नाफा कमाएका थिए । साउनदेखि वैशाखसम्ममा विकास बैंकहरूले ५ अर्ब ७७ करोड रुपैयाँ नाफा कमाएका थिए भने फाइनान्स कम्पनीहरूको नाफा समीक्षा अवधिमा १ अर्ब रुपैयाँ थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स