रवि लामिछानेकी पत्नी निकिता पौडेल उपाध्यक्ष रहेको सहकारीले गर्यो बचतकर्ताको ५ करोड रुपैयाँभन्दा बढी रकम हिनाबिना

काठमाडौं । पूर्व गृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेल उपाध्यक्ष रहेको साई स्वागत बचत तथा ऋण सहकारीले बचतकर्ताको ५ करोडभन्दा बढी रकम हिनाबिना गरेको छ । सहकारीले रकम हिनाबिना गरेपछि बचतकर्ताहरू मिलेर काठमाडौं महानगरपालिको सहकारी विभागमा सामूहिक उजुरी दिएका छन् । उक्त सहकारीमा भरतजंग अध्यक्ष रहेका छन् । विभागकाअनुसार ५ करोडको ठगी आरोपमा उजुरी परेको हो ।

पछिल्लो समय सहकारी धेरै विवादमा पर्दै आएका छन् । हाल महानगरमात्रै सहकारीले ठगी गरेको भन्दै करिब ३ सय सहकारीले मुद्दा हालेका छन् । पैसा हिनाबिनामा निकिताको कुनै हात नभएपनि तर, पूर्व गृहमन्त्री पत्नी उपाध्यक्ष रहेको सहकारीले नै यस्तो हर्कत गरेर सामूहिक उजुरी पर्नु भनेको लज्जास्पद हो ।

साई स्वागत सहकारीजस्तै ८/१० करोड रुपैयाँ खाएर भागेका सहकारी पनि धेरै छन् । यी सहकारीलाई ठेगानमा ल्याउन महानगरपालिका सहकारी विभागले नयाँ रणनीति अपनाउने भएको छ । उक्त सहकारी काठमाडौं बासबारीमा रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स