समता घरेलु लघुवित्तले एफपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले एफपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ।

लघुवित्तले ३ करोड ३२ लाख ८५ हजार ६ सय रुपैयाँ बराबरको ३ लाख ३२ हजर ८ सय ५६ कित्ता एफपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले संस्थापक सेयरधनी र साधारण सेयरधनीको पूँजी संरचना अनुपात ७०ः३० कायम गर्न एफपीओ निष्काशन गर्न लागेको हो ।

बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा आज समता घरेलु लघुवित्तको काभ्रेको बनेपास्थित केन्द्रीय कार्यालयमा हस्ताक्षर भएको छ। उक्त सम्झौता पत्रमा समता घरेलु लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. मदन घिमिरे र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन्।

२०७९ चैत मसान्तसम्म संस्थाको अधिकृत पुँजी ५० करोड रुपैयाँ, कुल जारी तथा चुक्ता पुँजी ४२ करोड ७४ लाख ४१ हजार ४२१ रुपैयाँ र कर्जा लगानी ३ अर्ब १० करोड गरी कुल ६२ हजार ग्राहकलाई सेवा दिइरहेको छ।

संस्थाको हाल शाखा संख्या ६१ वटा पुगेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स