महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट साथै कला क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको छ ।

सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकका ग्राहकहरुले विशालनगर, काठमाडौंमा अवस्थित Arogin Health Care का विभिन्न सेवाहरुमा ५% देखि अधिकतम ४५% (hair transplant & hair fall treatment), , इटहरी, सुनसरीमा अवस्थित Hotel Pathibhara International का सेवाहरुमा १०%, मैतिदेवी काठमाडौंमा अवस्थित Buingal Lounge & Bar का सेवाहरुमा १५%, लाजिम्पाट, काठमाडौंमा अवस्थित Yellow Hatti का सेवाहरुमा अधिकतम १०%, इटहरी ०६, सुनसरीमा अवस्थित Burger House & Crunchy Fried Chicken का सेवाहरुमा अधिकतम १०% र मैतिदेवी, काठमाडौंमा अवस्थित Burger House & Crunchy Fried Chicken का सेवाहरुमा १०% को छुट प्राप्त गर्न सक्नेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकि प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्ष।तकार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स