काठमाडौं । जीवित देवीको रुपमा परिचित कुमारीको नामबाट २०५७ साल चैत २१ गते सञ्चालनमा आएको कुमारी बैंक विभिन्न आरोह अवरोध पार गर्दै २३ वर्षको यात्रामा हिड्दै छ । यो बैंक देशको १५ औं बैंकको रुपमा स्थापना भएको हो । यो अवधिमा बैंकले विभिन्न प्रकारका गाली र तालि दुबै पाएको छ । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंक र कुमारी बैंक एक आपसमा मर्जर भई बनेको कुमारी बैंक देशकै ठूलो चौथो बैंक हो । मर्जर पछिको सिनर्जीले बैंकलाई देशकै नम्बर ‘वान’ बनाउने दौडमा बैंक सञ्चालक र व्यवस्थापक लागेका छन् ।

अझ भन्ने हो भने बैंकको व्यवस्थापन कति कसिलो बनाउने र कुन लेभलमा पुर्याउने भन्ने हात बैंकको प्रमुख कार्यकारी अधिकृत र डेपुटी प्रमुख कार्यकारी अधिकृतमा निर्भर रहन्छ । बैंकलाई उचाइमा पुर्याउन नीतिगत स्पष्टता र सपोर्ट व्यवस्थापन चाहेको हुन्छ र सोही यसको मूल मन्त्र पनि यहि हो । त्यसैको आडमा योजना तथा कार्यक्रम बनाएर बैंक आफ्नो उद्देश्य प्राप्तीको लक्ष्यमा हिड्छ ।

‘सबैका लागि सधैका लागि’ बैंक भन्ने नाराका साथ नम्बर वान बैंक बन्ने दृढ शंकल्पका साथ बैंकले विभिन्न बैंक गाभ्ने तथा प्राप्ति गर्ने प्रक्रियामा सामेल भयो । १ अर्ब रुपैयाँ अधिकृत पुँजी रहेको बैंकको पहिलो सञ्चालक समिति अध्यक्ष नूर प्रताप जंगवहादुर राणा थिए ।

बैंक स्थापनापछि प्रमुख कार्यकारी अधिकृत बनेका सुरेन्द्र भण्डारी नेतृत्वले बैंकलाई नयाँ उचाइमा पुर्याउने पाइला कोरेको थियो । आफूले कोरेका पाइलालाई अझ मजबुद, बलियो र परिमाणमुखी बनाउन फेरि चौथो सीईओको रुपमा भण्डारीको बैंकमा पुनः आगमन भयो ।

बैंकको नयाँ गन्तव्य तय गर्यो । यहिबीचमा बैंकले धेरै समस्या झेल्नु पर्यो, उनको दोस्रो कार्यकाल भने पहिलाको जस्तो सहज भएन । यद्यपि समग्रमा भन्ने हो भने भण्डारीको कार्यकाल बैंकका लागि अत्यन्त सुखद् र सफलदायी रहेको कुमारी बैंकका पुराना कर्मचारी बताउँछन् ।

बैंकको उडान जारी नै थियो, यसबीच आन्तरिक कारणले बैंकको छविमा केहि प्रश्नहरू उठ्ने काम भए । हुन त आरोह र अवरोध त यो समयको चक्र नै हो । तथापि बैंक सकारात्मक सोचका साथ ग्राहकलाई उत्कृष्ट सेवा दिने प्रणका साथ आम ग्राहकलाई चुस्त सेवा दिनेमा कटिवद्ध छ ।

२०७८ साल असार ३१ गते भण्डारीको दोस्रो कार्यकाल पुरा भयो र उनले अवकाश लिए । भण्डारीको ३५ वर्षे लामो बैंकिंङ करियर यहि नै टुंगियो । २१ वर्ष त उनी विभिन्न बैंकको प्रमुख कार्यकारी अधिकृतमात्रै बने । उनको कार्यकालमा बैंक नेपालका सफल बैंकहरूको सूचीमा पुग्न सफल भएको थियो ।

उनको अवकार पछि कुमारी बैंकको सञ्चालक समितिको निर्णयानुसार बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनालाई साउन १ देखि लागू हुने गरी कायममुकायम प्रमुख कार्यकारी अधिकृत जिम्मेवारी दिइयो । उनलाई सीईओ बनाउने चर्चा चल्दै गर्दा कारणवश उनी बैंकबाट बाहिरिए ।

तिमल्सिना बाहिरिएपछि बैंक सञ्चालक समितिले २०७९ साल वैशाख १३ गते कुमारी बैंकको सीईओमा रामचन्द्र खनाललाई नियुक्त गर्यो र उनले त्यसको भोलिपल्ट वैशाख १४ गतदेखि सीईओको कार्यभार सम्हाले । साढे ९ महिनादेखि रित्त रहेको सीईओ पदमा चार्टर्ड एकाउन्टेन्ट रामचन्द्र खनालले जिम्मेवारी पाए । उनी बैंकको नयाँ रोडम्याप कोर्दै थिए, बैंक मर्जरमा जाने तय भयो ।

बैंक त्यो भन्दा अघि सीईओ सुरेन्द्रकै कार्यकालमा मर्जर जाने सहमति भइसकेको थियो । बीचमा भाँडियो । त्यतिबेला कुमारी अधिकांश कर्मचारीहरू मर्जरको विपक्षमा थिए । पूर्वअध्यक्ष नुरप्रताप राणाको परिवार अर्थात पूर्वसञ्चालक अमिरप्रताप राणासहितको समूह पनि मर्जरको विपक्षमा थिए । बैंकको साधारणसभामा मर्जरमा जाने वा नजाने भन्ने विषयमा गोप्य मतदान भएको थियो । मतदानमा सहभागी करिब ५० प्रतिशत भन्दा बढी सेयरधनीले मर्जरको विपक्षमा मतदान गरे ।

सभामा बोल्ने अधिकांशले मर्जर र सञ्चालक समितिको विरोध गरे । साधारणसभामा जम्मा ६४ प्रतिशत सेयरधारण गरेका सेयरधनी (प्रोक्सीसहित) उपस्थित थिए । जबकी प्रस्ताव पारित हुनका लागि ७५ प्रतिशत मत चाहिन्थ्यो । त्यतिबेला कुमारीका कम्पनी सचिव नरेन्द्र छतकुलीले साधारणसभामा सञ्चालक समितिले राखेको मर्जरसम्बन्धी विशेष प्रस्ताव अस्वीकृत गर्ने पक्षमा मतदानमार्फत निर्णय भएको होे । कुमारीका संस्थापक लगानकिर्ताहरूले सो मर्जरले आफ्नो हित नगर्ने र मर्जर आत्मघाती हुने दावी साधारणसभामा गरेका थिए ।

यसअघि मर्जर प्रक्रिया भाँडिएको बैंकसँग मर्जरमा गएर बैंकले नयाँ इतिहास रचेको छ । मर्जरपछि कर्मचारी र सञ्चालक समिति व्यवस्थामा केहि सकस परेपनि बैंकको वित्तीय परिसूचकहरू राम्रो बन्दै गएको छ । केहि सूचक(एनपीएल) नराम्रा भएपनि बैंकले गरेको यो प्रगतिलाई अहिलेको अवस्थामा राम्रो नै मान्नुपर्छ । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १ अर्ब ८२ करोड रुपैयाँ नाफा आर्जन गरेको छ ।

बैंकका पहिलो सीईओ भण्डरीपछि दोस्रो सीईओ राधेश पन्त बने । बैकिङ क्षेत्रमा लामै इतिहास बनाएका पन्तले पनि बैंकलाई थप उचाइमा पुर्याउन ठूलै मेहनत र कसरत गरे । कुमारी बैंकले उनको योगदानलाई पनि भुल्न मिल्दैन । कुशलताले भरिएको काम गर्ने शैली र बोल्डनेसका कारण पनि उनी वित्तीय बजारमा कुशल सीईओ बनेर जमेका थिए ।

बैंकका सीईओहरूको छाता संस्था नेपाल बैकर्स संघको अध्यक्ष समेत बनेका पन्त कुमारी बैंकको वार्षिक करोड रुपैयाँको जागीर छाडेर सरकारले स्थापना गरेको लगानी बोर्डको पहिलो सीईओ बन्न पुगे । देशका लागि केहि गर्ने दृढ शंकल्पका साथ अघि बढेका पन्तले सुरुवाती समयमा भएर होला बोर्डमा भने देखिने गरि त्यति काम गर्न पाएनन् । पन्तले देखिने गरी कार्य सम्पादन गर्न नपाएपनि उनैले बनाएको रणनीतिक योजना र आधारमा आज बोर्ड यो अवस्थामा आइपरेको हो ।

पन्तपछि बैंकको सीईओमा उदय उपाध्याय नियुक्त भयो । उनले पनि बैकलाई उचाइमा ईँटा थपे । बैंकमा आई लागेका समस्या समाधानमा नअतालीकन व्यवस्थापकले कर्मचारीलाई आफ्नो स्ट्रेन्थ बनाएर अघि बढी नै रह्यो । हुन पनि कुशल व्यवस्थापनले कर्मचारीहरूलाई काम गर्ने हौसला दिन्छ, प्रोत्साहन गर्छ, सुरक्षण गर्छ । बैंकको यहि व्यवहार कर्मचारीको इमान्दारिता र दक्षतामा झल्कियो र आज कुमारी बैंक कुमारी जस्तै पवित्र र जनजनको मनमा बस्न सफल भएको छ ।

सेवामा अब्बल बन्दै
आफ्नो स्थापनाकाल देखि नै बैंकले विस्तृत रुपमा आधुनिक बैकिङ सेवा सुविधाहरु दिँदै आएको छ । देशका सहरी, अर्ध सहरी एवम् दुर्गम क्षेत्रहरुमा सेवा दिदै आएको छ ।

बैंकले इन्टरनेट बैकिंङ तथा मोबाइल बैकिङ जस्ता अत्याधुनिक बैकिङ सेवा प्रदान गर्नुमा यस बैंक अग्रणी स्थानमा रहेको छ । कोर बैकिङ सफ्ट्वेयर, फिनाकल –भर्जन–१०) को कार्यान्वयन पश्चात बैंकले नेपाल अधिराज्यभर अत्याधुनिक तथा सशक्त बैकिङ सेवा प्रदान गर्न सक्नेमा बैंक विश्वस्त छ ।

नेपाल तथा भारतमा रहेको भिसामा जडान भएका एटिएमहरुमा प्रयोग गर्न सकिने गरी बैंकले आन्तरिक तथा बाह्य भिसा डेविट कार्ड र क्रेडिट कार्ड जारी गरेको छ, बैंकले नेपाल भरी रहेका बैकका १५२ एटीएम मेशिन र पसटर्मिनलबाट ग्राहकहरुलाई थप सेवा समेत प्रदान गर्दै आइरहेको छ । यसको साथै बैंकले नवीनतम मोबाइल बैकिङ, इन्टरनेट बैकिङ, भाइवर बैकिङ तथा क्यूआर भुक्तानी प्रविधिद्वारा समेत उपलब्ध गराउदै आएको छ ।

बैंकले पारदर्शी अभ्यास, व्यवसायिक व्यवस्थापन, संस्थागत उत्तरदायित्व, गुणस्तरिय व्यवस्थापन लगायतलाई संगठनको मूख्य लक्ष्यको रुपमा लिई, बैंकमा संलग्न ग्राहकको हित र सन्तुष्टिलाई मध्यनजर गर्दै सो को बृद्धि गर्न सदैव प्रयासरत रहि एक नविन र द्रुत गतिमा अगाडी बढेको लोकप्रिय संस्थाको रुपमा मान्यता प्राप्त गर्न सक्षम रहेको छ ।

३५ करोडबाट सुरु भएको थियो कुमारी
नक्साल पुलिसको हेड क्वाटरमा आफ्नो कर्पोरेट भवन बनाउने तयारीमा रहेको कुमारी बैंक स्थापना हुँदा बैंकको चुक्ता पुँजी जम्मा ३५ करोड रुपैयाँमात्रै थियो । अहिले बैंकको चुक्ता पुँजी २६ करोड २२ लाख ५८ करोड पुगेको छ । ४६ जना कर्मचारी र एउटै ब्रान्च पुतलीसडकबाट सुरु भएको बैंकको यो यात्रामा अहिले ३ हजार ४ सय जनाले रोजगारी पाएका छन् भने बैंकले देशैभर छरिएर रहेकोे ४१५ ब्रान्चबाट ग्राहकलाई सेवा दिइरहेका छ । बैंक स्थापनाकालमा पुतली सडक शंकरदेव क्याम्पस चोकमै केन्द्रिय कार्यालय थियो । अहिले भने टंगाल भाटभटेनीमा बसेर बैंकको सिंगो टिमले काम गरिरहेको छ ।

तिखारिएको सञ्चालक समिति
नूर प्रताप जंगवहादुर राणा पहिलो सञ्चालक समिति अध्यक्ष बनेर स्थापना भएको कुमारी बैंकको अध्यक्षमा अहिले उनैका छोरो अमिरप्रताप जंगवहादुर राणा छन् । बैंक सञ्चालकमा राणा सञ्चालक समिति अध्यक्ष रहेका छन् भने सञ्चालकमा उपेन्द्र केसरी न्यौपाने (एनसीसी बैंकका अध्यक्ष), कृष्णप्रसाद ज्ञवाली, चन्द्र प्रसाद बास्तोला, महेश प्रसाद पोखरेल र इमानसिंह लामा बलियो तिखारिएको टिम छ ।

बैंक स्थापनाकालमा नूर प्रताप जंगवहादुर राणासहित ७ जनाको सञ्चालक समितिमा गोविन्द दास श्रेष्ठ, लक्ष्मण श्रेष्ठ, सन्तोष कुमार लामा, अमिर प्रताप जंगवहादुर राणा, महावीर प्रसाद गोयल र जगदिस चौधरी थिए । बाबुले समातेको बागडोर अहिले उनकै छोराले सम्हालेका छन् र उनी बैंकलाई नम्बर वान बनाउन जुटेका छन् ।

यसरी चलेको छ बैंकको उच्च व्यवस्थापन
पुसअन्तिममा एनसीसी र कुमारी मर्जर भएपछि बैंकको प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल रहेका छन् भने सिनियर डेपुटी सीईओ रामचन्द्र खनाल रहेक छन् । मुकुन्द सुवेदी चिफ अपरेटिङ अफिसर, क्षितिज खड्का चिफ बिजनेश अफिसर, विकास खनाल चिफ स्टारटेजी एण्ड बिजनेश सपोर्ट अफिसर, अनिस ताम्राकार चिफ डिजिटल बैकिङ, रोहित सिंह चिफ ह्युमन रिसोर्स एण्ड सपोर्ट अफिसर रहेका छन् ।

लक्ष्मी प्रसाद दुवाल चिफ फाइनान्स अफिसर, अर्पन पोखरेल चिफ कर्पोरेट क्रेडिट एण्ड प्रोजेक्ट फाइनान्सिङ, राजेशराज ढुंगेल चिफ रिक्स अफिसर, राजकुमार श्रेष्ठ चिफ इन्टरनल अडिट र चन्दन कार्की चिफ इन्भेष्टमेन्ट एण्ड मार्केटिङ अफिसर रहेका छन् । यसका साथै बैंकलाई माथिल्लो उचाइमा पुर्याउन प्रदेशगत रुपमा रहेका प्रदेश प्रमुख, विभागीय प्रमुखदेखि सिंगो कर्मचारी संयन्त्रले सघाइरहेका छन् ।

कुन कुन बैंक समाहित भए कुमारीमा ?
नेपाल राष्ट्र बैंकद्वारा जारी ८ अर्ब चुक्ता पुँजी पुर्याउनुपर्ने निर्देशन बमोजिम बैंकले काष्ठमण्डप विकास बैंक लिमिटेड, पश्चिमाञ्चल फाइनान्स कम्पनी लिमिटेड, महाकाली विकास बैंक लिमिटेड तथा कांक्रेबिहार विकास बैंक लिमिटेडलाई असार २०७४ सम्ममा प्राप्ति गरेको थियो ।

उपरोक्त ४ संस्थाहरूको प्राप्ती पश्चात् बैंकको ७४ शाखा, कर्जा लगानी ४० अर्ब र निक्षेप ५० अर्ब रहेको थियो । त्यसैगरी बैंकले देव विकास बैंकलाई प्राप्ति गरि संयुक्त कारोबार असार २८, २०७७ देखि सुरुवात गरेको थियो । सो प्राप्ति पश्चात, बैंकको शाखा सञ्जाल १९२, १५२ एटीएम थियो र कर्जा लगानी ११२ अर्ब तथा निक्षेप १२४ अर्ब रुपैयाँ रहेको थियो ।

चालु आवको चैत मसान्तसम्म बैंकले १ खर्ब ६५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब ५५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको शाखारहित बैंकिङ ३०४ पुगेको छ भने १२ सय २५ पीसीओबाट देशभर बैंकले सेवा दिइरहेको छ । २९४ एटीएम मेशिन रहेको बैंकले २ खर्ब ८० अर्ब कर्जा प्रवाह गरेर ३ खर्ब २ अर्ब निक्षेप संकलन गरेको छ ।

५ वर्षमा कति थपियो पुँजी ?
नेपाल राष्ट्र बैंकले वाणिज्य तथा विकास बैंकमा पुँजी वृद्धिको योजना ल्याएपछि बैंकले विभिन्न बैंक तथा विकास बैंक मर्जर तथा प्राप्ती गर्यो । सोही क्रममा बैंकको पुँजी पनि बढ्दै गएको हो ।

२०७२/७३ सालसम्म बैंकको जम्मा ३ अर्ब २६ करोड ५९ लाख रुपैयाँमात्रै पुँजी थियो । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत पुँजी वृद्धि योजना ल्याएपछि बैंकले क्रमशः वर्षिनै पुँजी बढाउँदै २०७५/७६ सालमा ८ अर्ब ६८ करोड पुँजी पुर्यायो ।

त्यसको पछिल्लो वर्ष साढे १२ अर्ब पुँजी पुर्याएको बैंकको मर्जरमा जानु अघि आव २०७८/७९ मा बैंकको पुँजी १४ अर्ब ७१ करोड पुगेको थियो । अहिले बैंक पुँजीका हिसाबले देशकै ठूलो चौथो बैंक बनेको छ । आव २०७४/७५ सम्म बैंकको चुक्ता पुँजी ७ अर्ब १६ करोड ३३ लाख रुपैयाँमात्रै थियो ।

यस्तो छ बैंकको ५ वर्षको लाभांश
बैंकले पछिल्लो ५ वर्षमा आम सेयरधनीलाई ५४.०२ प्रतिशत लाभांश दिएको छ । बैंकर सुरेन्द्र भण्डारी सीईओ भएका बेला बैंकले सबैभन्दा बढी लाभांश वितरण गरेको छ । बैंकले उक्त आर्थिक वर्ष २०७६/७७ मा १४ प्रतिशत लाभांश वितरण गरेको हो ।

दोस्रो बढी लाभांश दिएको अर्को आव भनेको गत आर्थिक हो । आव २०७८/७९ मा १२.५ प्रतिशत लाभांश वितरण गरेको हो । समीक्षा अवधिको ५ वर्षको अन्य ३ वर्षमध्ये २०७५/७६ मा बैंकले १०.५३ प्रतिशत, आव २०७७/७८ मा ८.६७ र आव २०७४/७५ मा ८.५प्रतिशत लाभांश वितरण गरेको थियो ।

५ वर्षको बैंकले १ खर्ब २९ अर्ब रुपैयाँ सम्पत्ति जोड्यो

बैंकका अन्य सूचक राम्रो बन्दै गएपछि सम्पत्ति पनि बढेको छ । बैंकको सम्पत्ति बढ्नु भनेको बैंक धनी हुनु हो । कुमारी बैंक कुल सम्पत्ति २ खर्ब १२ अर्ब १० करोड रुपैयाँ पुगेको छ । ५ वर्षमा बैंकको सम्पत्ति १ खर्ब २९ अर्ब ३८ करोडले बढेर त्यति पुगेको छ । समीक्षा अवधिमा सम्पत्तिका हिसावले बैंकले छलाङ मारेको छ ।

आव २०७४/७५ मा बैंकको सम्पत्ति ८२ अर्ब ७२ करोड रुपैयाँ रहेको थियो । आव २०७५/७६ मा बैंकको सम्पत्ति बढेर १ खर्ब ५ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ भने त्यसको पछिल्लो वर्ष सो सम्पत्ति ४० अर्बभन्दा बढीले बढेर १ खर्ब ४५ अर्ब ९७ करोड रुपैयाँ पुगेको थियो । अघिल्लो आर्थिक वर्षसम्म १ खर्ब ८९ अर्ब ७८ करोड रुपैयाँ रहेको बैंकको सम्पत्ति गत आर्थिक वर्षमा साढे २२ अर्ब रुपैयाँले बढेको छ ।

५ वर्षको निक्षेप तथा कर्जा को अवस्था
पछिल्लो ५ वर्षमा बैंकको निक्षेप १६२.६८ प्रतिशतले बढेको छ भने कर्जा प्रवाह १५४.१३ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७४/७५ सम्म ६९ अर्ब ६५ करोड रुपैयाँ रहेको बैंकको निक्षेप संकलन आव २०७८/७९ मा सो प्रतिशतले बढेर १ खर्ब ८२ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ ।

आव २०७४/७५ मा बैंकको ८४ अर्ब ४० करोड रुपैयाँ पुगेको छ भने त्यसको पछिल्लो वर्ष आव २०७६/७७ मा निक्षेप बढेर १ खर्ब २४ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकको निक्षेप बढेर १ खर्ब ५७ अर्ब १७ करोड रुपैयाँ पुगेको छ ।

त्यसैगरी बैकले कर्जा प्रवाहमा पनि उत्तिकै उल्लेख्य प्रगति गरेको तथ्यांकले देखाएको छ । आव २०७४/७५ मा ६२ अर्ब ७४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले आव २०७८/७९ मा बढेर १ खर्ब ५९ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ ।

यस्तो छ ५ वर्षमा बैंकको लगानी (बण्ड तथा सेयर)
अन्य सूचकांकमा राम्रो गर्दै आएको कुमारी बैंकको सेयर तथा बण्ड भने ५ वर्षमा साढे २ गुणाभन्दा बढीले बढेको छ । आर्थिक वर्ष २०७४/७५ मा ९ अर्ब २ करोड रुपैयाँको सेयर तथा बण्ड जारी गरेको बैकको सेयर तथा बण्ड गत आर्थिक वर्षमा बढेर २३ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ ।

आव २०७५/७६ मा केहि बढेको बण्ड तथा सेयर आव २०७६/७७ मा एकै पटक बढेर १७ अर्ब ६६ करोड रुपैयाँ पुगको छ ।

६ अर्बको जगेडा कोष
गत आवको अन्त्यसम्म बैकको जगेडा कोषमा ६ अर्ब २९ करोड रुपैयाँ पुगेको छ । ५ वर्षअघिसम्म बैंकको ३ अर्ब १४ करोड रुपैयाँको जगेडा कोष थियो ।

वर्षैपिच्छे सो कोष बढ्दै गएर आव २०७६/७७ मा ४ अर्ब ७४ करोड रुपैयाँ पुगेको हो । अघिल्लो आर्थिक वर्षसम्म बैंकसँग ५ अर्ब १ करोड रुपैयाँको मात्रै जगेडा कोष थियो ।

आधा दशकमा बैंकले कति गर्यो नाफा, आम्दानी र खर्च
गत आर्थिक वर्षमा २ अर्ब ५८ करोड रुपैयाँ गरेको बैंकको खुद ब्याज आम्दानी ६ अर्ब २१ करोड रुपैयाँ र अन्य अपरेटिङ इन्कम १ अर्ब ८६ करोड रुपैयाँ रहेको छ भने बैंकको सञ्चालन खर्च ३ अर्ब ५५ करोड रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा बैंकको खुद नाफा १ अर्ब ९७ करोड रुपैयाँ थियो भने खुद ब्याज आम्दानी ५ अर्ब ७ करोड रुपैयाँ थियो ।


सो आवमा बैंकको अपरेटिङ इन्कम १ अर्ब ६३ करोड रुपैयाँ रहेको छ भने सञ्चालन खर्च ३ अर्ब १६ करोड रुपैयाँ थियो । आव २०७४/७५ मा बैंकको नाफा १ अर्ब ४ करोड रुपैयाँमा सीमित थियो भने अन्य ब्याज आम्दानी पनि २ अर्बमात्रै थियो । बैंकको अन्य अपरेटिङ इन्कम ६४ करोड ६० थियो भने अपरेटिङ खर्च १ अर्ब २२ करोड रुपैयाँ रहेको छ ।

यस्तो छ बैंकको ५ वर्षको प्रतिसेयर आम्दानी
बैंकमा जतिसुकै उतार चढाव आएपनि प्रतिसेयर आम्दानी भने १२ रुपैयाँबाट घटेको छैन । आव २०७६/७७ मा १२.०८ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी त्यसको पछिल्लो वर्ष २.१२ रुपैयाँले बढेर १४.२० रुपैयाँ पुगेको छ । बैंकको पछिल्लो ५ वर्षको प्रतिसेयर आम्दानी हेर्दा सबैभन्दा बढी आव २०७८/७९ मा १७.५४ रुपैयाँ पुगेको छ भने सबैभन्दा कम आव २०७६/७७ मा रहेको छ ।

आव २०७४/७५ मा १४.५४ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी त्यसको पछिल्लो आव २०७५/७६ मा २७ पैसाले बढेर १४.८१ रुपैयाँ पुगेको छ ।

५ वर्षमा कति पुग्यो बैंकको निस्कृय कर्जा ?
अन्य बैंकको निस्कृय कर्जा बढ्दै गएपनि कुमारी बैंकको अवस्था भने आत्तिनु पर्ने देखिदैन । पछिल्लो ५ वर्षको तथ्यांकलाई हेर्ने हो भने औसतमा १.१० प्रतिशत निस्कृय कर्जा रहेको पाइन्छ ।

प्राय १ प्रतिशतको हाराहारीमा रहेको बैंकको निस्कृय कर्जा आव २०७६÷७७ मा १.३९ प्रतिशत पुगेको थियो । त्यसको पछिल्लो वर्ष ०.९६ प्रतिशत रहेको बैंकको निस्कृय कर्जा रहेको छ ।

बैंकले ५ वर्षमा सरकारलाई साढे ७ अर्ब कर
बैंकले ५ वर्षमा सरकारलाई ७ अर्ब ५६ करोड ४० लाख रुपैयाँ कर तिरेको छ । सो करमध्ये ३ अर्ब ७२ करोड आयकर तिरेको हो भने बाँकी टीडीएस र मूल्य अभिवृद्धि कर हो । समीक्षा अवधिमा सबैभन्दा कर गत आर्थिक वर्षमा तिरेको छ । गत आर्थिक वर्षमा बैंकले १ अर्ब १६ करोड आयकर तिरेको छ भने १ अर्ब १२ करोड ४० लाख रुपैयाँ भ्याट र टीडीएस तिरेको हो ।

३०४ शाखाबाट देशभर फैलिएको कुमारी बैंक
केन्द्रीय कार्यालयमा रहेको शाखाबाट सञ्चालनमा आएको कुमारी बैंक अहिले देशभर फैलिसकेको छ । बैंकले ३०४ शाखामार्फत बैकिङ सेवा प्रदान गर्दै आएको छ । २०७५/७६ मा सबैभन्दा बढी शाखा विस्तार गरेको छ । उक्त आवमामात्रै बैंकले ८४ वटा शाखा विस्तार गरेको छ ।

 

 

 

 

 

हेडलाइन्स