लक्ष्मी बैंकको विशेष साधारणसभा सम्पन्न, मर्जर प्रस्ताव पारित

काठमाडौं । लक्ष्मी बैंक लिमिटेडको विशेष साधारणसभा सम्पन्न भएको छ । सभा असार ३ गते काठमाडौंमा सम्पन्न भएको हो ।

साधारण सभाले लक्ष्मी बैंक लिमिटेड र सन्राइज बैंक लिमिटेडबीच १ः१ को सेयर अनुपातमा मर्जर गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।

सभाले मर्जरका लागि गरिएको अन्तिम सम्झौता अनुमोदन गर्नुका साथै मर्जर पश्चात वृद्धि हुने शेयर पूँजी तथा परिवर्तन हुने सञ्चालक समितिको संरचना बमोजिम बैंकको प्रबन्धतपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

नेपाल राष्ट्र बैंक तथा कम्पनी रजिष्ट्रारको कार्यालयको अन्तिम स्वीकृति लिई आगामी असार मसान्तभित्रै दुवै बैंक गाभिई एकीकृत कारोबार शुरु गर्ने बैंकको लक्ष्य रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स