माछापुच्छ्रे बैंक ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स, २०२३’ बाट सम्मानित

काठमाडौं । माछापुच्छ्रे बैंक लि.ले ग्राहकलाई प्रदान गर्ने डिजिटल सेवाको गुणस्तर र कारोबार संख्यामा उल्लेखनीय वृद्धि गर्दै डिजिटल बैंकिङमा अभुतपूर्व सफलता हासिल गरे सँगै यस बैंक ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स, २०२३-अधिकतम ग्राहक संलग्नता–सुन’ पुरस्कारबाट सम्मानित भएको छ ।

बहुराष्ट्रिय सूचना प्रविधि कम्पनी इन्फोसिस फिनाकल, भारत, बैंगलोरले प्रदान गर्ने ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स, २०२३-अधिकतम ग्राहक संलग्नता-सुन’ नामक पुरस्कार बाट माछापुच्छ्रे बैंक सम्मानित भएको हो ।

विगत दुई वर्षमा बैंकले आफ्नो डिजिटल सेवालाई निरन्तर परिष्कृत गर्नुका साथै उक्त सेवालाई सुरक्षित बनाउन नवीनतम कदमहरू चालेको छ । इन्फोसिस फिनाकलले हरेक वर्ष विभिन्न १० विधामा अवार्ड प्रदान गर्दै आई रहेको छ । यस वर्ष विश्वभरीबाट २०० भन्दा बढी कम्पनीहरु विभिन्न विधाहरुमा मनोनयनमा परेका थिए ।

माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३३ शाखारहित बैकिङ सेवा, २०३ एटिएम मार्फत १४ लाख भन्दा बढी ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स