नेपाल बैंकमा ४६ जनालाई जागीर खुल्यो, इच्छुकले असार २१ गतेसम्म आवेदन दिन सकिने

काठमाडौं । नेपाल बैंक लिमिटेडले विभिन्न पदमा कर्मचारी भर्ना गर्न दरखास्त आह्वान गरेको छ । बैंकले सहायक प्रबन्धक र सहायक पदमा ४६ जना कर्मचारी भर्ना गर्न दरखास्त आह्वान गरेको हो । बैंकले यी पदहरूमा खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गरिने जनाएको छ । सहायक प्रबन्धक (सीए) पदमा बैंकले ८ जना कर्मचारी भर्ना गर्ने भएको छ । यसका लागि सीए वा एसीसीए उत्तीर्ण गरेको हुनुपर्नेछ ।

बैंकले वागमती, गण्डकी, लुम्बिनी र कणाली प्रदेशमा रहेका शाखाहरूका लागि ३३ जना सहायक पद (चौथो तह)मा कर्मचारी भर्नाका लागि दरखास्त खुलाएको छ । यो पदमा दरखास्त दिन मान्यता प्राप्त शिक्षण संस्थाबाट न्यूनतम स्नातक उत्तीर्ण गरेको हुनुपर्नेछ ।

वागमती, कर्णाली र सुदूपश्चिम प्रदेशमा रहेका शाखा कार्यालयहरूका लागि सहायक पद (आईटी)मा ५ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । यो पदमा पनि दरखास्त दिन सूचना प्रविधिकमा न्यूनतम स्नातक गरेको हुनुपर्नेछ ।
दरखास्त पेस गर्नुपर्ने अन्तिम मिति असार २१ गतेसम्म रहेको छ। दोब्बर दस्तुर तिरेर असार २८ गतेसम्म दरखास्त दिन सकिने सूचनामा उल्लेख गरिएकोछ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स