बैंकहरूको आरओई घटिरहेकोले अब स्प्रेडदर घटाउन हुँदैनः अध्यक्ष सुयोग श्रेष्ठ

काठमाडौं । डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष तथा सांगिला विकास बैंकका प्रमुख कार्यकारी अधिकारी सुयोग श्रेष्ठले बैंकहरूको आरओई घटिरहेकोले स्प्रेडदर घटाउन नहुने बताएका छन् । बिहीबार नेपाल व्यवस्थापन संघ (म्यान) ले आयोजना गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीति विषयक छलफल कार्यक्रममा बोल्दै उनले भने–‘स्प्रेडदर अब घटाउनु हुँदैन, बैंकको आरओई पनि घटिरहेको छ ।’

विकास बैंकहरूले पनि एलसी खोल्न पाउनु पर्ने माग राखेका छन् । एउटै कार्य गर्ने बैंकहरूबीच विभेद हुन नहुने बताएका हुन् । ‘विकास बैंकलाई पनि एलसी खोल्न दिनुपर्छ,’ उनले भने ‘यसमा राष्ट्र बैंकले सोच्नु पर्छ । शुल्क लिन दिनु पर्छ ।’

सोही अवसरमा अध्यक्ष सीईओले लगानीकर्ताले बढी प्रतिफल खोज्ने र ब्याज घटाउन खोज्ने विषयको तालमेल नमिलेको बताए । ‘बैंकका लगानीकर्ताले बढी प्रतिफल खोज्नु हुन्छ,’ उनले भने ‘ब्याज घटाउने दवावकैबीच राम्रो प्रतिफल दिनु पर्ने बाध्यता हामीलाई छ ।’

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स