वालेटबाट पैसा चोर्ने बढेपछि राष्ट्र बैंकले भन्यो अपरिचित व्यक्तिले माग गरेको कुनै पनि सूचना नदिनु

काठमाडौं । नेपाल राष्ट्र बैंकले पछिल्लो समय वालेटबाट पैसा चार्ने बढेपछि अपरिचित व्यत्तिले मागेको सूचना नदिन सुझाएको छ । राष्ट्र बैंकले आज एक सूचना जारी गरेर विद्युतीय भुक्तानीका साधनको पास वर्ड रिसेट गरी ग्राहकको खातासम्म आफ्नो पहुँच पुर्याइ ग्राहकको खाताबाट विभिन्न बैंक तथा वित्तीय संस्थामा पुर्याइ रकम रकमान्तर गर्ने गरेको जनाएको छ ।

राष्ट्र बैंकले भनेको छ–‘विगत केहि समययता अनधिकृत व्यक्तिहरूले बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायकको कर्मचारी भएको भनी ग्राहकहरूर्ला ग्राहक पहिचान (केवाइसी) सम्बन्धी विवरण अद्यावधिक गर्न सम्बन्धित ग्राहकबाट ओटीपी निश्चित अंकको विवरण वा म्यासेज जस्ता विवरण माग्ने गरेको बुझिएको छ ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2023/06/Notice-Scanned.pdf”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स