राष्ट्र बैंकद्वारा धौलागिरी लघुवित्त र खप्तड लघुवित्तको मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति प्रदान

काठमाडौं । नेपाल राष्ट्र बैंकले धौलागिरी लघुवित्त र खप्तड लघुवित्तको मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति प्रदान गरेको छ।

राष्ट्र बैंकले जेठ २४ गते पत्र पठाउँदै दुवै लघुवित्तको मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति प्रदान गरेको हो। यसअघि गत वैशाख २६ गते आयोजित दुवै लघुवित्तको वार्षिक साधारणसभाले मर्जर प्रक्रियालाई स्वीकृत गरेको थियो।

दुई संस्थाबीच गाभ्ने/गाभिने मर्जर सम्बन्धी समझदारीपत्रमा मंसिर १८ गते हस्ताक्षर भई पुस १७ गते नेपाल राष्ट्र बैंकबाट सैद्धान्तीक सहमति प्राप्त गरेका थिए ।

राष्ट्रियस्तरको कार्यक्षेत्र रहेको धौलागिरीले बागलुङ नगरपालिका-२ श्रीनगर टोलस्थित रजिस्टर्ड कार्यालयमार्फत आफ्नो कारोबार सञ्चालन गर्दै आइरहेको छ।

त्यसैगरी सुदूरपश्चिममा कार्यक्षेत्र रहेको खप्तड लघुवित्तले खप्तड लघुवित्तको केन्द्रीय कार्यालय कैलालीको गोदाबरीमा रहेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स