सनराइज बैंकद्वारा निःशुल्क आँखा शिविर सञ्चालन

काठमाडौं । सनराइज बैंकको योगिकुटी शाखाले बुटवलको तिलोत्तमा आँखासँगको समन्वयमा निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उक्त शिविर सञ्चालन गरेको हो ।

निःशुल्क आँखा शिविर रुपन्देशीको शुद्धोधन गाउँपालिका-६ स्थित श्री जनता माविमा सञ्चालन गरिएको थियो। शिविरबाट विद्यार्थी, शिक्षक तथा अभिभावक गरी २५० जनाले ओपीडी सेवा, आँखाको शल्यक्रियाका लागि परामर्श, सल्लाह र अन्य जाँच सेवाहरु लिएको बैंकले जनाएको छ।

त्यसैगरी सनराइज बैंकको दुहबी शाखाद्वारा विराटनगरस्थित विराट मेडिकल कलेज शिक्षण अस्पतालको सहकार्यमा जेठ २५ गते छिटाहा बजारस्थित छिटाहा माविमा स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सञ्चालन गरेको थियो । कार्यक्रममा निःशुल्क आँखा जाँच, दाँत जाँच, सामान्य स्वास्थ्य जाँच, क्यान्सर सचेतना कार्यक्रम तथा रक्तदानजस्ता स्वास्थ्य सुविधाहरु प्रदान गरिएको थियो। कार्यक्रममा १५१ जना सहभागी थिए।

हरेक वर्ष देशका विभिन्न स्थानहरुमा गई त्यहाँका समुदायको आवश्यकतालाई अध्ययन गरी उनीहरुलाई आवश्यक स्वास्थ्य, शिक्षा, पूूर्वाधार निर्माण महिला सशक्तीकरणलगायतका विषयहरुमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित् अन्तर्गत विभिन्न कामहरु गर्दै आएको बैंकले जनाएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स