सनराइज बैंकका ग्राहकलाई केएफसी, पिज्जा हट र क्रिमबेलमा विशेष छुट

काठमाडौं । सनराइज बैंक र देव्यानी इन्टरनेसनल नेपालबीच डिजिटल कारोबारलाई प्रवर्द्घन गर्न सनराइज बैंकका ग्राहकलाई विशेष छुट दिने सम्झौता भएको छ।

डिजिटल कारोबारलाई प्रवर्द्घन गर्ने उद्देश्य साथ बैंकले ग्राहकहरुलाई विभिन्न क्षेत्रमा छुुट प्रदान गर्दै आएको छ। सोही क्रममा बैंकले केएफसी, पिज्जा हट र क्रिमबेलसँग सहकार्य गरी आफ्ना ग्राहकलाई विशेष छुुट दिने व्यवस्था गरेको हो।

यस सम्झौताअन्तर्गत सनराइज बैंकका ग्राहकले बैंकको मोबाइल बैंकिङ एप ‘सनराइज स्मार्ट प्लस’बाट नेपालपे क्यूआर स्क्यान गरी देव्यानी इन्टरनेसनल नेपालद्वारा सञ्चालित केएफसी, पिज्जा हट र क्रिमबेलका देशैभरि रहेका आउटलेटमा भुक्तानी गर्दा १०% (अधिकतम २०० रुपैयाँ प्रतिकारोबार) क्यासब्याक तुरुन्तै पाउनेछन्।

यो योजना आउँदो असार २१ गतेसम्मका लागि लागू हुने बैंकले जनाएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स