असारमा नघट्ने भयो निक्षेपको ब्याजदर, कर्जाको भने घट्नेः अध्यक्ष केसी

काठमाडौं । नेपाल बैंकर्स संघले असार महिनाको लागि ब्याजदर यथावत राख्ने निर्णय गरेको छ । संघको आज बिहान बसेको कार्यसमिति बैठकले ब्याजदर यथावत राख्ने निर्णय गरेको हो । संघका अध्यक्ष तथा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बैंकहरूको बेसरेट घट्दै गइरहेकोले असार महिनामा पनि निक्षेपको ब्याजदर स्थिर राख्ने अर्थात जेठ महिनाकै ब्याजदरलाई निरन्तरता भएको बताए ।

‘कर्जाको ब्याजदर घट्दै गएको छ,’ उनको भने ‘बैंकहरूलाई असार महिनाको अन्त्यसम्म ४ प्रतिशतमा स्प्रेडदर पनि झार्नु छ ।’

बैंकर्स संघले वैशाखमा ब्याजदर घटाएर व्यक्तिगत मुद्दती निक्षेपमा ९.९९ प्रतिशत र संस्थागत मुद्दती  निक्षेपमा ७.९९९ प्रतिशत ब्याज दर तोकेको थियो । बचत खातामा भने ५.४ प्रतिशतदेखि ७.४ प्रतिशतसम्म ब्याजदर तोकेको थियो । संघले जेठमा सोही ब्याजदरलाई निरन्तरता दिएको थियो । अब भने असारमा पनि सोही दर कायम हुनेछ ।

अहिले बैंकहरुको निक्षेप संकलन बढीरहेको छ भने कर्जा लगानी खासै बढेको छैन यसले गर्दा बैंकहरुमा लगानीयोग्य रकम थुप्रिदै गएको छ। तर, पनि बैंकहरुले असारमा ब्याजदर नघटाउने निर्णय गरेका छन्।

बैशाखमा नै निक्षेपको ब्याजदर घटेकोले असर महिनामा कर्जाको ब्याजदर भने घट्ने छ। नेपाल राष्ट्र बैंकले हरेक महिना कर्जाको ब्याजदर परिवर्तन गर्नुपर्ने व्यवस्था गरेपछि असारमा कर्जाको ब्याजदर घट्ने भएको हो।

बैंकहरुले कर्जाको ब्याजदर निर्धारण गर्दा पछिल्लाे ३ महिनाको बेस रेटलाई आधार मान्नुपर्ने भएकोले असारदेखि कर्जाको ब्याजदर घट्ने भएको हो। असार अन्तिमसम्ममा बैंकहरुले स्प्रेड दर ४ प्रतिशतमा झार्नु पर्ने भएकोले पनि कर्जाको ब्याजदर घट्ने छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स