फेरि घट्यो अमेरिकी डलरको मूल्य

काठमाडौ । आज मंगलबार पनि अमेरिकी डलरको मूल्य सामान्य घटेको छ । हिजो सोमबारको तुलनामा आज मंगलबार डलरको मूल्य केहि घटेको हो । नेपाल राष्ट्र बैंकले सोमबारका लागि १३१.६५ पैसा खरिद मूल्य र १३२.२५ पैसा बिक्री मूल्य तोेकेको हो । आज सो मूल्यमा घटाएर खरिदका लागि १३१.६० रुपैयाँ र बिक्रीका लागि १३२.२० रुपैयाँ तोकेका हो ।

राष्ट्र बैंककाअनुसार आज आफूसँग भएको डलर बिक्री गर्न चाहने ग्राहकहरूले १ अमेरिकी डलर बराबर १३१.६० रुपैयाँ पाउनु हुनेछ भने १ अमेरिकी डलर खरिद गर्न चाहने ग्राहकले १३२.२० रुपैयाँ खर्चनुपर्ने हुन्छ ।

तपाईलाई १ अमेरिकी डलर चाहिएको छ भने १३२.२० रुपैयाँ खर्चेमा राष्ट्र बैंकले १ डलर दिनेछ भने तपाईसँग भएको डलर बिक्री गर्न चाहेमा तपाईले १३१.६० रुपैयाँ पाउने राष्ट्र बैंकले जनाएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स