एटीएमबाट १ महिनामै झिकियो ८४ अर्ब

काठमाडौं । बैशाख महिनामामात्रै एटीएमबाट ८४ अर्ब रुपैयाँ झिकिएको छ । आम एटीएम होल्डर ग्राहकले १ करोड पटकभन्दा बढी एटीएम मेसिनको प्रयोग गरेर ८३ अर्ब ८७ करोड रुपैयाँ निकालेका हुन् । नेपाल राष्ट्र बैंकका अनुसार चैत महिनामा १ करोडभन्दा बढी पटक एटीएमको प्रयोगबाट ८३ अर्ब ३ करोड रुपैयाँ निकालिएको हो ।

त्यसरी नै बैशाख महिना कनेक्ट आईपीएसबाट ३ खर्ब ५९ अर्ब ५२ करोड रुपैयाँको कारोबार भएको छ भने मोबाइल बैकिङबाट २ खर्ब १० अर्ब रुपैयाँको कारोबार भएको छ । डेबिट कार्डबाट ८७ अर्ब ३८ करोड, इन्टरनेट बैंकिङबाट १३ अर्ब ४५ करोड कारोबार भएको छ भने क्रेडिट कार्डबाट १ अर्ब ५९ करोड रुपैयाँ विभिन्न बैंकबाट निकालिएको छ ।
त्यसरी नै विभिन्न वालेटबाट बैशाख महिनामामात्रै १९ अर्ब २५ करोड रुपैयाँ कारोबार भएको छ । क्यूआर बेसपेमेन्टबाट २६ अर्बभन्दा बढीको कारोबार भएको छ ।

पछिल्लो समय विद्युतीय कारोबार बढ्दै गएको छ । विद्युतीय भुक्तानी बढेसँगै नगदरहित कारोबार विस्तारै मौलाउन थालेको छ । नेपालमा प्रविधि र इन्टरनेटको प्रयोग बढ्दै गएपछि यसरी कारोबार गर्नेको संख्या पनि थपिदै गएको छ ।

जसका कारणले प्रविधिको प्रयोग गरेर कारोबार गर्ने बढेका हुन् । डिजिटल नेपालको अवधारणलाई आत्मसाथ गर्दै अघि बढेको नेपालको यो प्रगति अत्यन्त राम्रो देखिन्छ । यसको अर्थ आम ग्राकहहरू डिजिटल प्रयोग रुचाउँछन् भन्ने हो ।

विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास, विद्युतीय भुक्तानी कारोबारका लागि गरिएको प्रोत्साहन र सर्वसाधारणको विद्युतीय भुक्तानी उपकरण प्रयोगमा बढ्दो अभ्यासका कारण विद्युतीय भुक्तानी कारोबार बढ्दै गएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने सरकारको नीतिअनुरूप नेपाल राष्ट्र बैंकले अहिले नगदरहित कारोबारलाई प्रोत्साहन गर्दै आएको छ । मोबाइल बंैकिङमार्फत अहिले दैनिक २ लाख रुपैयाँसम्मको कारोबार गर्न सकिनेछ । इन्टरनेट बैकिङमार्फत हुने कारोबारको सीमा दैनिक २० लाख छ । कोरोना महामारीका समय बैंकिङ प्रणालीमा विद्युतीय कारोबार बढ्दै गएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स