आशा लघुवित्त र राष्ट्र उत्थान लघुवित्तबीच मर्जरसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर, स्वाप रेसियो कति ?

काठमाडौं । आशा लघुवित्त र राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडबीच मर्जरसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ । दुई संस्थाबीच मर्जर तथा प्राप्तिको लागि जेठ २६ गते अन्तिम सम्झौता भएको हो ।

आशा लघुवित्तले राष्ट्र उत्थान लघुवित्तलाई १:१ को स्वापमा गाभ्ने भएको छ ।

मर्जर पश्चात बन्ने संस्थाको नाम राष्ट्र आशा लघुवित्त कायम गर्ने , र संस्थाको कार्यालय काभ्रेको साँगामा रहने सहमति भएको छ। दुई संस्थाबीच अन्तिम सम्झौता भएसंगै दुवै कम्पनीलाई साधारणसभा बोलाएर मर्जर प्रष्ट पारित गर्ने बाटो खुलेको छ ।

राष्ट्र उत्थान लघुवित्तले असार १६ गते धुलिखेलको अरनिको होटेज लमा सभा आह्वान गरेको छ। आशाले भने साधारणसभाको मिति तय गरेको छैन ।

राष्ट्र बैंकले जेठ २३ गते दुई लघुवित्तबीचको प्राप्ति प्रक्रियालाई सैद्धान्तिक सहमति प्रदान गरेको हो ।

त्यस्तै, गत चैत २९ गते दुई संस्थाबीच गाभ्नेरगाभिने सम्झौतामा प्रारम्भिक हस्ताक्षर भएको थियो।

आशा लघुवित्तको चुक्तापूँजी ३३ करोड ३९ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै, राष्ट्र उत्थानको चुक्तापूँजी २६ करोड रुपैयाँ रहेको छ ।

आशा लघुवित्तको केन्द्रीय कार्यालय नुवाकोटको ककनीमा रहेको छ भने राष्ट्र उत्थान लघुवित्तको केन्द्रीय कार्यालय काभ्रेको बनेपामा रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स