रिलायन्स फाइनान्सको लाभांश घोषणा, नगद र बोनस कति ?

काठमाडौं । रिलायन्स फाइनान्सले लाभांश घोषणा गरेको छ। कम्पनीको जेठ २६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुंजीको ६.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.३४ प्रतिशत नगद लाभांश गरि कुल ६.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुंजी १ अर्ब ५ करोड रहेको छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स