राष्ट्र बैंकद्वारा साना किसान लघुवित्त र आरएमडीसी लघुवित्तको मर्जरलाई अन्तिम स्वीकृति प्रदान

काठमाडौं । नेपाल राष्ट्र बैंकले साना किसान विकास लघुवित्त र आरएमडीसी लघुवित्त वित्तीय संस्थाबीचको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको छ।

राष्ट्र बैंकले जेठ २४ गते पत्र पठाउँदै यी दुवै लघुवित्तको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको हो।

गत भदौ ३१ यी दुई संस्थाबीच एकआपसमा गाभिने उद्देश्यले प्रारम्भिक समझदारी भएको थियो । मर्जरका लागि सेयर आदानप्रदान अनुपात १००ः८७ कायम हुने सहमति भएको छ । यसको अर्थ आरएमडीसी लघुवित्तको हाल १०० कित्ता सेयर हुनेले मर्जरपछि बन्ने संस्थाको ८७ कित्ता सेयर पाउनेछन्।

मर्जरपछि एकीकृत वित्तीय संस्थाको नाम ‘साना किसान आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड’ हुने सहमति भएको छ। मर्जरपछि बन्ने संस्थाको अध्यक्षमा साना किसानका अध्यक्ष खेमबहादुर पाठक रहनेछन् । एकीकृत संस्थाको प्रमुख कार्यकारी अधिकृतमा साना किसानकै प्रमुख कार्यकारी अधिकृत शिवराम कोइराला रहनेछन् ।

आरएमडीसीका प्रमुख कार्यकारी अधिकृत एकीकृत संस्थाको डेपुटी सिइओ हुनेछन् ।

आरएमडीसीको चुक्तापुँजी १ अर्ब २४ करोड र साना किसानको १ अर्ब ५६ करोड चुक्तापुँजी रहेकोमा एकीकृत संस्थाको चुक्तापुँजी २ अर्ब ८० करोड रुपैयाँ हुने छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स