मेटलाइफ र स्ट्यान्डर्ड चार्टर्ड बैंकले ल्यायो नेपाल प्रिमियम भुक्तानी संकलनको लागि ई-म्यान्डेट

काठमाडौं । मेटलाइफ नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल क्लियरिङ हाउस र स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालसँगको सहकार्यमा प्रिमियम भुक्तानीका लागि डिजिटल स्ट्यान्डिङ इस्ट्रक्सन (ई-म्यान्डेट) फिचर आफ्नो सिस्टम नेसनल पेमेन्ट्स इन्टरफेस (एनपीआई) आवद्ध गरेको छ।

नेपालको बीमा क्षेत्रमा यो फिचर मेटलाइफ नेपालले पहिलोपटक ल्याएको हो।

यो त्रिपक्षीय सम्झौतासँग मेटलाइफ नेपालका ग्राहकले अब आफूले तिर्नुपर्ने प्रिमियमको भुक्तानी सजिलै ई-म्यान्डेट फिचरबाट गर्न सक्नेछन्। मेटलाइफमा लगइन गरेपछि यो फिचरमा आवद्ध भएका ग्राहकले प्रिमियम भुक्तानीको अन्तिम मितिमा ग्राहकको खाताबाट सीधै भुक्तानी गर्न सक्नेछन्।

ई–म्यान्डेटमार्फत गरिने भुक्तानीले नियमित भुक्तानीलाई समर्थन गर्दछ। यो सुविधा लिएका ग्राहकले निश्चित मितिहरुमा त्यस्ता भुक्तानी डिजिटल रुपमा गर्न सक्ने कम्पनीले जनाएको छ।

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालका सीईओ अनिर्वाण घोष दस्तीदारले स्ट्यान्डर्ड चार्टर्ड बैंक, मेटलाइफ र एनसीएचलबीच अभूतपूर्व सहकार्य भएको बताए। ‘ई–म्यान्डेट प्रडक्टले बीमा र बैंकिङ क्षेत्रमा प्रिमियम संकलन प्रक्रियामा आमूल परिवर्तन ल्याउनेमा हामी विश्वस्त छौं’, उनले भने।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स