काठमाडौ । आज बुधबार अमेरिकी डलरको मूल्य केहि घटेको छ । आज हिजो मंगलबारको तलुनामा १० पैसाले अमेरिकी डलरको मूल्य घटेको हो । नेपाल राष्ट्र बैंकले मंगलबार १३१.९८ पैसा खरिद मूल्य र १३२.५८ पैसा बिक्री मूल्य तोेकेको हो । आज सो मूल्यमा घटाएर खरिदका लागि १३१.८८ रुपैयाँ र बिक्रीका लागि १३२.४८ रुपैयाँ तोकेका हो ।
राष्ट्र बैंककाअनुसार आज आफूसँग भएको डलर बिक्री गर्न चाहने ग्राहकहरूले १ अमेरिकी डलर बराबर १३१.८८ रुपैयाँ पाउनु हुनेछ भने १ अमेरिकी डलर खरिद गर्न चाहने ग्राहकले १३२.४८ रुपैयाँ खर्चनुपर्ने हुन्छ ।