काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ग्लोबल आइएमई बैंकको ऋणपत्र सूचीकृत भएको छ। मंगलबार बैंकको १ हजार रुपैयाँ अंकित मूल्यका कुल ५० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो ।
ग्लोबल आइएमई बैंक र नेप्सेबीच आज ‘ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४/२०८५’ नामक ऋणपत्र सूचीकरण गर्ने सम्झौता भएको छ।
नेप्सेले उक्त ऋणपत्रलाई ‘जीबीआईएल ८४/८५’ कारोबार संकेत प्रदान गरेको छ।
यो ५ वर्षे अवधिको ऋणपत्रमा लगानीकर्ताले वार्षिक ११.२५ प्रतिशत ब्याज पाउनेछन्।