नेप्सेमा ‘प्रभु स्मार्ट फन्ड’का १० करोड इकाई सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा प्रभु सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित हुने ‘प्रभु स्मार्ट फन्ड’ सूचीकृत भएको छ। मंगलबार फण्डको १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाई सूचीकृत भएको हो ।

योजना व्यवस्था प्रभु क्यापिटल र नेप्सेबीच प्रभु स्मार्ट फन्डका इकाइहरु सूचीकरण गर्ने सम्झौता भएको हो।

नेप्सेले यो योजनालाई ‘पीआरएसएफ’ कारोबार संकेत प्रदान गरेको छ।

योसँगै, अब भोलिबाट यस योजनाका इकाइहरु कारोबारमा आउनेछन्।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स