राष्ट्र बैंकले भन्योः ५ करोडसम्मको धितो परियोजना कर्जामा नोक्सानी व्यवस्था गर्न पर्दैन, साना उद्यमीलाई राहत

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ करोड रुपैयाँसम्म परियोजना धितोमा प्रवाह भएको कर्जामा २० प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्न नपर्ने बताएको छ । आज राष्ट्र बैंकले वित्तीय चेतनाका लागि नवप्रवर्तन तथा उद्यमशीलता विकासमा टेवा पुर्याउन यस्तो व्यवस्था गरेको हो ।

व्यक्तिगत तथा संस्थागत जमानीमा अन्य सम्पत्ति धितो नलिइ परियोजना धितोमामात्र प्रवाह भएको ५ करोड रुपैयाँसम्मको कर्जाको लागि अतिरिक्त २० प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्न नपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको हो ।

नवप्रवर्तन तथा उद्यमशीलता विकासमा टेवा पुर्याउन र कर्जा प्रवाह सहज होस् भन्ने प्रयोजनका लागि यो व्यवस्था गरेको जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाले प्रस्तावित उद्यम व्यवसायको अवधारण, योजना, अनुमानित नगद प्रवाह, वित्तीय सम्भाव्यता तथा कर्जा जोखिमलगायतका विषयको विस्तृत मूल्यांकन गरी कर्जा सम्बन्धी निर्णय गर्न सक्नेछन् ।

आगामी आर्थिक वर्षको मौद्रिक नीतिको तयारी गरिरहेको राष्ट्र बैंकले यसरी नै बेलामा बैंक तथा वित्तीय संस्था र आम सर्वसाधारण तथा ग्राहकलाई सहज बनाउन यसरी नै वित्तीय चेतनासम्बन्धी कार्य सम्पादन गर्दै आएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स