३ दिन पछि बढ्यो अमेरिकी डलरको मूल्य

काठमाडौ । शनिबारदेखि लगातार ३ दिनसम्म स्थिर रहेको अमेरिकी डलरको मूल्य आज मगलबार बढेको छ । आज मगलबार प्रति अमेरिकी डलर ५८ पैसाले बढेको हो । नेपाल राष्ट्र बैंकले सोमबारको लागि १३१.४० रुपैयाँ खरिद मूल्य र १३२.०० रुपैयाँ बिक्री मूल्य तोकेको छ । आज मगलबार भने १३१.९८ पैसा खरिद मूल्य र १३२.५८ पैसा बिक्री मूल्य तोेकेको हो ।

राष्ट्र बैंककाअनुसार आज आफूसँग भएको डलर बिक्री गर्न चाहने ग्राहकहरूले १ अमेरिकी डलर बराबर १३१.९८ रुपैयाँ पाउनु हुनेछ भने १ अमेरिकी डलर खरिद गर्न चाहने ग्राहकले १३२.५८ रुपैयाँ खर्चनुपर्ने हुन्छ ।

तपाईलाई १ अमेरिकी डलर चाहिएको छ भने १३२.५८ रुपैयाँ खर्चेमा राष्ट्र बैंकले १ डलर दिनेछ भने तपाईसँग भएको डलर बिक्री गर्न चाहेमा तपाईले १३१.५८ रुपैयाँ पाउने राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स