११ ब्रोकर कम्पनीले पाए लाइसेन्स, नबिल सेक्युरिटीजले तत्कालै सञ्चालन गरेर यहि वर्षको लाभांश दिने (सूचीसहित)

काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप ११ वटा ब्रोकर कम्पनीहरूलाई लाइसेन्स दिएको छ । बोर्डले धितोपत्र व्यापारी, पूर्णकार्य गर्ने ब्रोकर र सीमित कार्य गर्ने गरि ११ वटा कम्पनीलाई लाइसेन्स दिएको बोर्डका प्रवक्ता डा. मुक्तिनाथ श्रेष्ठले बताए ।

नबिल बैंकको लगानी रहेको नबिल सेक्युरीटिजले धितोपत्र व्यापारीको लाइसेन्स लिएको छ भने मेघा स्टक मार्केट्सले पूर्ण काय गर्ने लाइसेन्स लिएको छ ।

नबिल सेक्युरिटीज्ले लाइसेन्स पाएसँगै अब तत्काले कम्पनी सञ्चालनमा आउने जानकारी दिएको छ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले अब तत्काल सेक्युरिटी सञ्चालनमा ल्याएर यहि आर्थिक वर्षमा नै लाभांश दिने उनले बताए ।

त्यस बाहेक एलिट स्टक हाउस, इन्फिनिटी सेक्युरीजिट, इण्डेक्स सेक्युरीटिज, शुभकामना सेक्युरीटिज, हातेमालो फाइनान्सियल सर्भिसेज, मनि वर्ल्ड सेयर एक्सचेञ्ज, माछापुच्छ्रे सेक्युरिटिज, केबिएल सेक्युरिटिज र कलश मार्केट्स प्राली रहेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स