‘हरित लगानी’ अन्तर्गत पायो प्रभु बैंकले ५० लाख डलर ऋण सुविधा

काठमाडौं । प्रभु बैंकले लक्जेम्बर्गको एमएसएमई ईन्टरप्राईजेज बन्ड एसएबाट ५० लाख डलरको ऋण सुविधा प्राप्त गरेको छ ।

विश्व वातावरण दिवसको दिन ‘हरित लगानी’ अन्तर्गत विद्युतीय सवारी साधनहरूमा लगानी गर्न सो ऋण प्राप्त भएको हो । यो ऋण ४ वर्ष अवधिका लागि प्राप्त भएको बैंकले जनाएको छ ।

बैंकलाई जलवायु परिवर्तनले आक्रन्त विश्व र त्यसको प्रभाव कम गर्न सहुलियत ऋण सुविधा प्राप्त भएको हो ।

बैंकले यो रकम सार्वजनिक यातायात र व्यक्तिगत प्रयोजनका लागि प्रयोग हुने विद्युतीय सवारीसाधनहरू खरीद तथा आयातका लागि ऋणका रुपमा लगानी गर्ने जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स