विश्व वातावरण दिवसको अवसर पारेर नबिल बैंकले ल्यायो ‘नबिल दिगो घर कर्जा’

काठमाडौं । नबिल बैंक लिमिटेडले दिगो घर कर्जा योजना सार्वजनिक गरेको छ। विश्व वातावरण दिवस जुन ५ तारिखको पूर्व सन्ध्यामा दिगो घर कर्जा योजना (Nabil Sustainable Housing Loan) को स्कीम अघि सारिएको हो ।

आइतबार केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बिच नबिल बैकका सञ्चालक समितिका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालले उक्त कर्जा योजनाको अनावरण गरे । उनले नबिल बैंकले दिगो बैंकिङको अवधारणामा काम गर्दै आएको र यस कर्जाले दिगो विकासमा सर्वसाधारणको पहुँच पुर्याउने बताए ।

समारोहमा बैकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले नबिल बैकले दिगो बैंकिङ क्षेत्रमा गरेका विभिन्न कार्यहरूको बारेमा प्रकाश पारे ।

साथै बैकका वरिष्ठ नायब कार्यकारी अधिकृत सुजित कुमार शाक्यले नबिल दिगो घर कर्जा एउटा शुरुवाती प्रयास भएपनि यसले समाजमा पार्ने सकारात्मक असर तथा महत्वका बारेमा आफ्नो धारणा राखे । उनले नबिलले ल्याएको यस कर्जाले सहुलियत दरमा कर्जा प्रवाह गरी यसले दिगो विकासमा टेवा पुर्याउने विश्वास गरेका छन् । कार्यक्रममा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक नवराज दाहाल तथा स्मार्ट पानीका सहसंस्थापक सुमन शाक्यको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स