वातावरण दिवसको अवसरमा सांग्रिला डेभलमेन्ट बैंकको साइकल र्याली

काठमाडौं । विश्व बातावरण दिवसका अवसरमा सांग्रिला डेभलपमेन्ट बैंक लि.ले “इन्धन जोगाऔं, पृथ्वी बचाऔं”, नाराका साथ डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालसँगको सहकार्यमा साइकल र्यालीको आयोजना गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुुयोग श्रेष्ठबाट साइकल र्यालीमा सहभागीहरुलाई वातावरण संरक्षणमा सर्वसाधारणको दायित्व विषयमा सम्बोधनसँग साइकल र्यालीको शुरुवात गरिएको थियो ।

बैंकको केन्द्रिय कार्यालय बालुवाटारको प्राङ्गण र्यालीबाट सुरु भई गैरीधारा, नारायणचौर, नागपोखरी, नारायणहिटि, दरबार मार्ग, भद्रकाली मन्दिर, शहिद गेट, त्रिपुरेश्वर, सुन्धारा, जमल, दरबार मार्ग, कृष्ण पाउरोटी, सिटि सेन्टर, ज्ञानेश्वर, जर्मन ऐम्बेसी, सानो गौचरण पुगेर करिब १० किमीको दूरीको यात्रा सम्पन्न भएको थियो । उक्त साइकल र्यालीमा बैंकका कर्मचारी, गाहकवर्ग, सेयरधनी, प्रायोजक एवं यस बैंक प्रति सद्भाव राख्ने सम्पूर्ण शुभेच्छुक महानुभावहरू गरीे लगभग ४०० भन्दा बढीको उपस्थिती रहेको थियो ।

यस साइकल र्यालीबाट सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले वातावरण प्रवद्र्धन प्रतिको आफ्नो उत्तरदायित्वलाई आत्मसात गर्दै इन्धनको मितव्ययिता एवं साइकल जस्तो बैकल्पिक यातायातको साधनको प्रयोग गरी प्रदुषण नियन्त्रणमा टेवा पुर्याउनको निम्ति समाजमा चेतना फैलाउन योगदान पुग्ने विश्वास राखेको छ ।

बातावरणलाई सफा स्वच्छ राख्ने उद्देश्यका साथ “Save Fuel Save Earth” भन्ने नारा लिएर बैंक अगाडि बढेकोले यस्ता किसिमका कार्यक्रमहरुलाई बैंकले निरन्तरता दिंदै लैजाने बताइएको छ ।

सो र्यालीमा सहभागी भएका सम्पूर्ण सहभागीहरुलाई टिर्सट र चिनो स्वरुप एक एक वटा विरुवा प्रदान गरिएको थियो । साथै एक साइकल र्यालीमा सहभागी भएका राधा कृष्ण श्रेष्ठलाई लक्की ड्रबाट उपहार स्वरुप एउटा साइकल प्रदान गरिएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स