यो वर्ष सबै बैंकले लाभांश बाँड्न पाउने, सबै बैंकको सीसीएआर ८.५ प्रतिशतभन्दा माथि

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको प्रतिवेदनअनुसार देशमा सञ्चालित २१ वटै वाणिज्य बैकहरूले लाभांश वितरण गर्न पाउने भएका छन् । राष्ट्र बैंकले प्रकाशित गरेको फाइनान्सियल कि रिपोटका अनुसार सबै वाणिज्य बैंकहरूको ८.५ प्रतिशत प्राथमिक पुँजी (सीसीएआर) भएका बैंकहरूले लाभांश वितरण गर्न पाउने व्यवस्था गरेको हो ।

चालु आवको तेस्रो त्रैमाससम्म सबै वाणिज्य बैंकहरूको सीसीएआर ८.५ प्रतिशतभन्दा माथि छ । सबैभन्दा कम सीसीएआर भएको प्रभु बैंकको ८.६१ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले बैंकहरूको सबै प्रकारका पुँजी र विश्लेषण को समीक्षा गरेर सीसीएआर निकाल्ने गर्दछ । सेन्चुरी कमर्शियल बैंकसँग मर्जरमा गएको प्रभु बैंकको सीसीएआर चालु आवको दोस्रो त्रैमासकोभन्दा घटेपनि अहिलेसम्मको रिपोर्ट अनुसार बैंक चालु आवको लाभांश बाड्न सक्ने क्षमतामा देखिन्छ ।

प्राथमिक पुँजीकोष नपुर्याउँदा एनआईसी एशिया बैंकले गत आर्थिक वर्ष र अघिल्लो आर्थिक वर्ष गरी लगातार दुई वर्ष पनि लाभांश बाड्न पाएको छैन । एनआईसी जस्तै गत आर्थिक वर्षको मुनाफाबाट लक्ष्मी बैंकलाई समेत राष्ट्र बैंकले लाभांश वितरणमा रोक लगाएको थियो भने माछापुच्छ्रे बैंकले पनि गत वर्षको मुनाफाबाट लाभांश नबाढ्ने निर्णय गरेको थियो ।

गत आर्थिक वषैदेखिनै तलरताको अभाव हुन थालेपछि बैंकहरूलाई पुँजी कोष मेन्टन गर्न गाह्रो भइरहेको अवस्था थियो । चालु आर्थिक वर्ष त्रैमासमा आएर उनीहरूले आफूलाई सहज बनाएका छन् र सोही कारण बैंकहरूको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८५.७५ प्रतिशत रहेको छ । बैंकहरूले सीडी रेसियो ९० प्रतिशत अनिवार्य कायम गर्नुपर्ने हुन्छ ।

गत वर्ष लाभांश बाड्न नपाएका एनआईसी एशिया बैंक, लक्ष्मी बैंक र माछापुच्छ्रे बैंकको पनि अहिलेसम्मको रिपोर्ट अनुसार यस आवको लाभांश सहजै बाड्ने सक्ने देखिएका छन् । राष्ट्र बैंकले आज बुधबार सार्वजनिक गरको तथ्यांकअनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा हिमालयन बैंक, नेपाल एसबिआई बैंक, एनआईसी एशिया, माछापुच्छ्रे बैंक, कुमारी बैंक, लक्ष्मी बैंक, सिद्धार्थ बैंक, सिटिजन्स बैंक, सनराइज बैंक, प्रभु बैंक, सानिमा बैंकको सीसीएआर १० प्रतिशतभन्दा कम देखिएको छ ।

राष्ट्र बैंकले पुँजी कोषलाई प्राथमिक पुँजी (सीसीएआर) र पूरक पुँजी (सीएआर) लाई गणना गर्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकको ‘क्यापिटल एडिक्वेसी फ्रेमवर्क २०१५’ अनुसार वाणिज्य बैंकहरुले ८.५ प्रतिशत प्राथमिक पुँजी र २.५ प्रतिशत क्यापिटल कन्जरभेसन बफर अर्थात् पुरक पुँजी गरी ११ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरेको छ । सोमध्ये प्राथमिक पुँजी अनिवार्य नै हो ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म पनि प्रभु बैंकको सीसीएआर सबैभन्दा कम देखिएको छ भने स्टयार्डण्ड चार्टड बैंकको सीसीएआर सबैभन्दा बढी देखिएको छ । प्रभू बैंकको प्राथमिक पुँजी (सीसीएआर) ८.६१ प्रतिशत रहँदा स्टयार्डण्ड चार्टड बैंकको यस्तो पुँजी १३.६६ प्रतिशत रहेको छ । माछापुच्छ्रे बैंक, बैंकको सीसीएआर ८.७० प्रतिशत रहँदा एनआईसी एशिया बैंकको ८.८५ प्रतिशत रहेको छ । सिद्धार्थ बैंकको सीसीएआर भने ८.९५ प्रतिशत रहेको छ ।

१० प्रतिशतभन्दा कम सीसीएआर भएका ११ बैंकमध्ये अन्य बैंकको यस्तो पुँजी ९ प्रतिशतदेखि १० प्रतिशतको हाराहारीमा रहेको छ । सरकारी स्वामित्वको बैंकलाई छाडेर हेर्दा चालु आवको चैत मसान्तसम्म वाणिज्य बैंकहरूको औषत सीसीएआर ९.८९ प्रतिशत रहेको छ ।

चालु आवको दोस्रो र तेस्रो त्रैमासको समीक्षा गर्दा प्रभु बैंकको सीसीएआर घटेको छ भने माछापुच्छ्रे बैंक, कुमारीले बैंकको सीसीएआर बढेको छ । ३ महिनाको यो अवधिमा एनआईसी एशिया, सनराइज, सानिमा, सिद्धार्थले पनि सीसीएआर अझ घटाएका छन् भने हिमालय बैंकले कुनै प्रगति गर्न सकेको छैन । बैंकको दोस्रो र तेस्रो त्रैमासमा उस्तै रिपार्ट आएको छ ।

प्राथमिक पुँजी ८.५ प्रतिशत नपुर्याउने बैंकहरूको लाभांश वितरण गर्न पाउँदैनन् । बैंकहरू तेस्रो त्रैमासिक रिपार्ट हेर्दा चालु आवमा सबै वाणिज्य बैंकले लगानीकर्तालाई लाभांश बाड्न पाउँछन् । यदि सीसीएआर मेन्टेन गर्न सकेनन् भने लाभांश वितरण गर्न पाउँदैनन् ।

प्राथमिक पुँजीकोष नपुर्याउँदा एनआईसी एशिया बैंकले गत आर्थिक वर्ष र अघिल्लो आर्थिक वर्ष गरी लगातार दुई वर्ष पनि लाभांश बाड्न पाएको छैन । एनआईसी जस्तै गत आर्थिक वर्षको मुनाफाबाट लक्ष्मी बैंकलाई समेत राष्ट्र बैंकले लाभांश वितरणमा रोक लगाएको थियो भने माछापुच्छ्रे बैंकले पनि गत वर्षको मुनाफाबाट लाभांश नबाढ्ने निर्णय गरेको थियो । यस्तो अवस्थाको मुख्य कारण भनेको तोकिएको पुँजीकोष अनुपात अपुग हुनुनै हो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स