काठमाडौं । कामना सेवा विकास बैंक र प्रारम्भ ड्राइभिङ स्कुलबीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ।
यस सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकसँग आवद्ध सम्पूर्ण ग्राहकले काठमाडौंको बौद्ध र टुसालस्थित प्रारम्भ ड्राइभिङ स्कुलले प्रदान गर्ने उत्कृष्ट ड्राइभिङ तालिम शुल्कमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन्। ड्राइभिङ स्कुलले प्रदान गर्ने ड्राइभिङ तालिमहरुमा बैंकका ग्राहकले १२ प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन्।
बैंकसँग आबद्धताको प्रमाणका आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ। यस सम्झौताबाट बैंकसँग आवद्ध ग्राहकले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।