काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो भाइबर कम्युनिटीमार्फत भाइबर क्विज बज संचालनमा ल्याएको छ । बैंकले शुक्रबार भाइबर स्टिकर सार्वजनिक गर्दै भाइबर क्विज संचालन गरेको जानकारी दिएको हो ।
हालसम्म ४८ हजार भन्दा बढी सदस्यहरू जोडिएको बैंकको भाइबरमा हरेक दिन संचालन हुने क्विजमा ग्राहकहरु सहभागी भइ थुप्रै उपहारहरु जित्न सक्नेछन् ।
भाइबर क्विजमा दैनिक सहभागी भई त्यहाँ सोधिने सामान्य प्रश्नको सही जवाफ दिने एक जनाले साप्ताहिक रुपमा आकर्षक स्मार्टवाच र दैनिक ४ जनाले ५०० रुपैयाँको मोबाइल रिचार्ज समेत जित्न सक्नेछन् ।
यस क्विजमा सहभागी हुन ग्राहकले बैंकको भाइबर कम्युनिटीमा जोडी त्यहाँ रहेको यस बैंकका भाइबर स्टिकर डाउनलोड गर्नुपर्ने छ । यो क्विज कात्तिक १० गतेसम्म संचालन हुने बैंकले जानकारी दिएको छ ।
बैंकले मुलुकभर रहेका ३५६ शाखा कार्यालयहरू, ४७२ एटिएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने आएको छ ।