३८ वर्ष पुगेको अवसर पारेर नबिल बैंकले खोल्यो एकै दिन ३८ शाखा

काठमाडौं । नबिल बैंकले ३८ वर्ष पुगेको अवसर पारेर देशका विभिन्न स्थानमा ३८ वटा शाखा खोलेको छ । आज नबिल बैंकले आयोजना गरेको विशेष कार्यक्रममा एकै साथ ३८ वटा शाखाको डिजिटल उद्घाटन गरिएको हो ।

नबिल बैंकले कोशी प्रदेशमा १, मधेश प्रदेश ८, बागमती प्रदेशमा १३, गण्डकी प्रदेशमा ३, लुम्बिनी प्रदेशमा १०, कर्णाली प्रदेशमा १ र सुदूरपश्चिम प्रदेशमा २ गरी आज ३८ शाखा उद्घाटन गरेको हो ।

नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले आठ वटा र बैंकका संचालक निर्वाण चौधरीले आठ वटा शाखाहरु उद्घाटन गरिएको हो। त्यस्तै गरी बैंकका संचालक आशा राणा अधिकारीले थप आठ वटा र बैंक संचालक अनन्त पौड्याल र प्रविन टिबडेवालाले थप ७/७ वटा शाखाको उद्घाटन गरेका हुन्।

डिजिटल उद्घाटन कार्यक्रममा बैंकका संचालक समितिका सदस्यहरू, बैंकका उच्चपदस्थ अधिकारीहरू र बैंकका कर्मचारीहरूको उपस्थिति रहेको थियो। ३८ नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयको संख्या २५५ पुगेको छ।

विगत ३८ वर्षदेखि ग्राहकहरूलाई उत्कृष्ट सेवा दिँदै आएको नयाँ शाखाका ग्राहकहरूलाई पनि पूर्ण रुपमा अत्याधुनिक बैकिङ सेवा दिने बैंकले प्रतिवद्धता गरेको छ ।

मुलुककै अग्रणी नबिल बैंकले समाज र विभिन्न वर्गाका बैकिङ आवश्यकताहरू पूरा गर्नको निम्ती देशका विभिन्न क्षेत्रहरूमा आफ्नो शाखाहरू निरन्तर विस्तार गरेको बैंकले जनाएको छ ।
शाखा उद्घाटनको अवसरमा नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्यालले नबिलले लगानी गरेर नाफामात्रै कमाउने नभइ देशमा उद्यमी र उद्यमशीलता पनि जन्माउने काम गरेको बताए । ‘ बैकिङ कष्ट घटाउन बैंकले डिजिटल ट्रान्फमेशनलाई अघि सारेको छ,’ उनले भने ‘नबिल बैंकलाई डीजी बैंकको रुपमा स्थापना गर्न लागेका हौं ।

बैंकमा धेरै प्रकारका थ्रेड बढेको छ,’ उनले भने ‘यस्तो थ्रेडबाट बच्न भविष्यमामा इनोभेशन हुन धेरै आवश्यक छ ।’ सो कारण कर्मचारी र टपलेभल म्यानेजमेन्टले समेत अपडेट हुनुपर्ने बताए ।

ब्रान्च बढेसँगै च्यालेन्ज बढेको भन्दै उनले भने ‘शाखा कार्यालयले गर्ने व्यवसायबाट नै शाखा चल्न सक्नुपर्छ । आज एकै दिन जसरी ३८ शाखा खोलेर उत्साह थपिएको छ । यसले सबैलाई मोटिभेट गर्नेछ । मार्केट जनेरेट गर्न सक्नुपर्छ, शाखा खोलेरमात्रै हुँदैन ।’

अहिले ग्राहक कुरेर बसेर बैंक चल्दैन, आफैले ग्राहक बनाउन सक्नुपर्ने र बैंकको काम वित्तीय लिटरेसी पनि जगाउने हाम्रो उद्देश्य हो ।’

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स