नबिल बैंकको एक साथ ३८ वटा नयाँ शाखा सञ्चालनमा

काठमाडौं । नबिल बैंक लिमिटेडले एक साथ ३८ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । स्थापनाको ३८ वर्ष पार गरेको बैंककले बिहीबार केन्द्रीय स्तरमा एक विशेष कार्यक्रम गरी देशभरमा रहेको ३८ नयाँ शाखाको उद्घाटन गरेको हो ।

’नबिल बैंक अब तपाईंसँग अझै नजिक’ भन्ने नाराका साथ सरल र सबल बैंकिङ सेवा प्रदान गर्न सातै प्रदेशमा एकैसाथ ३८ नयाँ शाखा विस्तार गरेको कम्पनीले जनाएको छ ।

नबिल बैंकको अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले बैंकको नयाँ शाखा गाउँगाउँमा गएर नयाँ उद्यमीहरुको लागि सञ्चालन गरेको बताए ।

३८ नयाँ शाखा मध्ये सबैभन्दा बढी बागमती प्रदेश १३ वटा नयाँ शाखा सञ्चालनमा ल्याइएको छ । त्यस्तै कोशी प्रदेशमा एक, मधेश प्रदेशमा आठ, गण्डकी प्रदेशमा तीन, लुुम्बिनी प्रदेशमा १०, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा दुई वटा नयाँ शाखा सञ्चालनको लागि उद्घाटन गरेको बैंकको अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले जानकारी दिएका छन् ।

नविल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले आठ वटा र बैंकका संचालक निर्वाण चौधरीले आठ वटा शाखाहरु उद्घाटन गरेको कम्पनीले जानकारी दिएको छ । त्यस्तै गरी बैंकका संचालक आशा राणा अधिकारीले थप आठ वटा र बैंक संचालक अनन्त पौड्यालले र प्रविन टिबडेवालाले थप ७÷७ वटा शाखाको उद्घाटन गरेका हुन् ।

डिजिटल उद्घाटन कार्यक्रममा बैंकका संचालक समितिका सदस्यहरू, बैंकका उच्चपदस्थ अधिकारीहरू र बैंकका कर्मचारीहरूको उपस्थिति रहेको थियो । ३८ नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यलयको संख्या २५५ पुगेको छ । उद्घाटन गरिएका शाखा कार्यालयहरूमा गएर सेवाग्राही तथा ग्राहकहरूले आफूलाई पायक पर्ने शाखा कार्यालयमा सम्पर्क गरी नविल बैंकको सरल र सवल सुविधा लिन आग्रह गरिएको छ ।

३८ वर्षदेखि ग्राहकहरूलाई उत्कृष्ट प्रदान गर्दै आएको नबिल बैंकको नयाँ शाखाहरूले ग्राहकहरूलाई पूर्ण रूपमा अत्याधुनिक बैंकिङ सेवाहरू प्रदान गर्ने अपेक्षा राखिएको छ । मुलुककै अग्रणी बैंक मध्येको एक नबिल बैंकले समाज र विभिन्न वर्गका बैंकिङ आवश्यकताहरू पूरा गर्नका निम्ति देशका विभिन्न क्षेत्रहरूमा आफ्नो शाखाहरू निरन्तर विस्तार गरेको बैंकलेजानकारी दिएको छ । नबिल बैंकले आफ्नो सेवाग्राही तथा ग्राहकहरुलाई पूर्णथप वित्तीय सेवा प्रदान गर्न प्रतिबद्ध गरेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स