सनराइज बैंकको १ लाख कित्ताबढी सेयर बिक्रीमा

काठमाडौं । सनराइज बैंकको १ लाख कित्ताबढी सेयर बिक्रीमा राखिएको छ।

सनराइज बैंकले संस्थापक समूहको १ लाख २२ हजार ४५ कित्ता सेयर आजबाट बिक्रीमा राखिएको हो।

यसअघि संस्थापक सेयरधनीहरुका लागि ३५ दिने अवधि राखेर सेयर बिक्री गरे पनि आवेदन नपरेपछि गैरसंस्थापक (अन्य व्यक्ति, कम्पनी र संस्था)का लागि बैंकले आवेदन खुला गरेको हो। यो सेयरमा ७ दिनभित्र आफूले दिन चाहेको सेयर संख्या खुलाई काठमाडौंको गैह्रीधारास्थित बैंकको प्रधान कार्यालयमा रहेको सेयर रजिस्ट्री विभागमा आवेदन दिनुपर्नेछ।

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १२५ रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गरी खरिद आवेदन दिनुपर्नेछ। उक्त सेयरमा अन्य व्यक्ति, संस्था र कम्पनीले खरिद आवेदन दिन पाउनेछन्।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स