महोत्तरी । महोत्तरी जिल्लाको नेपाल भारत सिमाना नजिक रहेको महोत्तरी गाउँपालिका स्थित एनएमबि बैंक लिमिटेडको शाखा कार्यालयमा अपरिचित बन्धुक धारी ब्यक्तीहरु नगद लुटपाट गरेका छन् ।
आज जेष्ठ १६ गते करिव १२ः२५ को समयमा ३-४ जनाको समुहमा रहेका अपरिचित बन्धुक धारी ब्यक्तीहरु प्रवेश गरी शाखा कार्यालयमा रहेको नगद लुटेका हुन् ।
उक्त घटनामा संलग्न ब्यक्तीहरुलाई आवश्यक कानूनी कारबाही गर्नको लागि हाल बैंकद्धारा सम्बन्धित निकायमा अनुरोध भैसकेको बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।
सो घटनाको अनुसन्धान सम्बन्धित निकायबाट भै रहेको र उक्त घटनामा कसैलाई पनि कुनै गम्भिर चोटपटक नलागेको बैंकले जनाएको छ । बैंकले अनुसन्धान पश्चात प्राप्त हुने थप विवरणको जानकारी गराउने जनाएको छ ।